एमसीसी टेबल गराउन बाट रोक्ने कार्यमा असफल भएकी राजदूत यान्छिलाई फिर्ता बोलाउने तयारीमा चीन

   १० फाल्गुन २०७८, मंगलवार ०८:५६  

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी रोक्न नसकेपछि उत्तरी छिमेकी चीन असन्तुष्ट बन्दै सुन्दरी राजदूतलाई फिर्ता बोलाउने भएको छ ।

सदनमा एमसीसी टेबल हुन नदिन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपामाथि भरोसा गरे पनि उनीहरुले नै धोका दिएपछि चीनमा खैलाबैला भएको हो । चीनले प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवमाथि भरोसा गरेको थियो । त्योभन्दा बढी भरोसा सभामुख अग्निप्रसाद सापकोटालाई गरेको छ ।

किनभने उनले टेबल गर्न नमाने वा कार्यसूचीमा नराखे एमसीसी संसदमा पेश हुनै सक्दैनथ्यो । यसअघिका सभामुख कृष्णबहादुर महराले कडा अडान लिएर एमसीसी टेबल हुन नदिएर चीनप्रति वफादारी देखाएका थिए । महराले आफ्नै अध्यक्ष प्रचण्डलाई टेरेका थिएनन् ।

तर अहिलेका सभामुख सापकोटाले प्रचण्डसँगै धोका दिएर टेबल हुन दिएपछि बेइजिङ चिन्तित बनेको चीननिकट कुटनीतिज्ञले बताएका छन् । एमसीसी रोक्न चीनले भएभरको बल लगाएको थियो ।

एकीकृत कम्युनिस्ट पार्टी निर्माणदेखि चिनियाँ उच्च कुटनीतिज्ञको नेपाल भ्रमण तथा बेला कम्युनिस्ट नेताहरुसँग सम्वाद जारी राखेको थियो । चिनियाँ राजदूत होउ यान्छी कम्युनिस्ट नेताहरु घरघरमा दौडिरहेकी थिइन् ।

कतिसम्म भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा अमेरिकाको धम्कीपूर्ण कुटनीतिको प्रतिवाद गर्नेसम्मको थ्रेट दिए । करोडौं खर्च गरेर एमसीसीविरुद्ध भ्रम फैलाउन कम्युनिस्ट नेता कार्यकर्ता र अभियन्ताहरु उचाल्यो । तर यी सबै लगानी खेर गएपछि बेइजिङमा खैलाबैला भएको हो ।

नेपालको पछिल्लो अवस्थाबाट क्रुद्ध बनेको बेइजिङले आफ्नी सुन्दरी राजदूत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको छ । नेपालमा कुटनीतिक रुपमा असफल भएको भन्दै चीनका राजदूत यान्छीलाई कुनै बेला विष कन्याको रुपमा चिनिएकाे भएपनि उनको अहिले कुनै अस्त्र काम नलाग्दा फिर्ता बोलाउने चीनले तयारी गरेको हो ।

संसदमा टेबल भइसकेको एमसीसी अब पारित हुने ठहर गर्दै बेइजिङले अब पनि यसमा लगानी गर्नु उपयुक्त न हुने निष्कर्ष निकाल्दै राजदूतसमेत फिर्ता बोलाउने तयारी गरेको बेइजिङमा रहेका एक कुटनीतिज्ञले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै