जनमत पार्टीद्धारा जिल्ला निर्वाचन कार्यालयमा ५ बुंदे ज्ञयापन पत्र बुझाए

   फाल्गुन १०, २०७८  
1K Shares

रौतहट, १० फागुन । जनमत पार्टी नेपाल रौतहटले ५ बुंदे माग राख्दै मंगलवार जिल्ला निर्वाचन कार्यालय रौतहटमा ज्ञयापन पत्र बुझाएका छन् ।
जनमत पार्टीले विगत दुई महिना देखि किसानहरुको समस्यालाई लिएर जारी राखेको आन्दोलनलाई ठोस रुपमा हाल सम्म नेपाल सरकारद्धारा कुनै सम्बोधन गरिएको छैनन् ।
जनमन पार्टी रौतहटको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा गएका नेता एवं कार्यकर्ताहरुले जिल्ला निर्वाचन अधिकृत छोटेलाल साहलाई विभिन्न ५ बुंदे माग राख्दै ज्ञयापन पत्र बुझाइएका हुन् । निर्वाचन गराउनु पुर्व किसान आन्दोलनको मागलाई नेपाल सरकारद्धारा पुरा गराउन ठोस रुपमा पहल गर्नुपर्ने, निर्वाचन आयोगमा दर्ता रहेका तथा आयोगबाट चुनाव चिन्ह पाइसकेका दलहरुलाई स्थानीय तहको निर्वाचन २०७९ मा देशभरी नै सोहि चुनाव चिन्ह वितरण गर्नुपर्ने, बहुसंख्यक मतदाताहरुको परिचय पत्र नष्ट भइसकेको वा हराइसकेको हुँदा सम्पूर्ण मतदाताहरुलाई पुन ः मतदाता परिचय पत्र वितरण गर्नुपर्ने र नागरिकता परिचय पत्र देखाएर मतदान गर्नुपर्ने प्रावधान ल्याउनुपर्ने बुझाइएको ज्ञयापन पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी निर्वाचनको क्रममा निर्वाचन आयोग देखि लिएर निर्वाचन अधिकृतले कुनैपनि सत्ताधारी पार्टीको पक्ष नलिई सबै दलहरु संग सामान व्यवहार अपनाउदै निष्पक्ष निर्णयहरु गर्नुपर्ने र जनमत पार्टी सदैव स्वच्छ एवं निष्पक्ष निर्वाचनको पक्षमा रहेको भन्दै ५ बुंदे ज्ञयापन बुत्र बुझाएका छन् ।
ज्ञयापन पत्रको माध्यमबाट माग गरिएको उक्त मागहरुलाई सम्बोधन नगरी निर्वाचन गरिदा स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन हुन नसक्ने हुँदा जनमत पार्टी सो विभेदपूर्ण निर्वाचनको प्रक्रिया रोक्न बाध्य हुनेछौं जिल्ला अध्यक्ष यादवले बताए ।
जिल्ला निर्वाचन अधिकृत छोटेलाल साहले जनमत पार्टीद्धारा ५ बुंदे माग सहितको ज्ञयापन पत्र बुझाएको स्वीकार्दै उक्त पत्रलाई माथिल्लो निकायमा पत्राचार गरिदिने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै