गौर राइस मिल्सको जग्गा विक्री गर्नमा क्रिकेट संघको पदाधिकारीहरु नै भू माफियालाई सघाउदै

   १० फाल्गुन २०७८, मंगलवार १६:५९  

भनिन्छ, पैसा देखेपछि महादेवको त्रिनेत्र पनि खुलिहाल्छ, ठिक त्यसै उखानलाई चरितार्थ गर्दै आशार भरोसाको केन्द्रविन्दु तथा संरक्षणको जिम्मेवारी लिएको सार्वजनिक संस्थाको पदाधिकारीहरु नै जिल्लाबासीको धरोहर एवं बहुमूल्य सम्पतीलाई विक्री गराउनमा सक्रिय रहेको पाइएपछि जिल्ला वा नगरवासीहरु कसरी विश्वास गर्ला ? भने अहिले प्रश्न उब्जिनु स्वभाविकै हो ।
रौतहट सदरमुकाम गौरको मध्य भागमा अवस्थित राईस मिल्सको जग्गा माथि भु माफियाहरुको गिद्धे दृष्टि छदै थियो तर पछिल्लो समयमा रौतहट क्रिकेट संघको आडमा रहेका व्यक्तिहरु नै जग्गा विक्री गराउन अहिले सक्रिय बनेका छन् ।
गत शनिवार साझ केही पत्रकारहरुलाई गौर भन्सार भन्दा पश्चिममा रहेको क्रिकेट संघका जिल्ला अध्यक्ष पवन गुप्ताको होटेल सुष्मा प्यालेसमा बोलाएर भोज खुवाउदै राइस मिल विक्रि गर्ने प्रक्रियामा सहयोग गर्न क्रिकेट संघका पदाधिकारीले अनुरोध गरेपछि उक्त कुराको रहस्य खुलेका थिए ।
भु माफियालाई वेला वेलामा विभिन्न राजनितिक दलहरुले विक्री गर्नमा सघाउदै आएपनि जिल्लावासीहरुको कडा प्रतिवादको कारण विक्री हुन सकिएन । स्वघोषित रुपमा रौतहट क्रिकेट संघले उक्त जग्गालाई खेल मैदानको रुपमा प्रयोग गर्न थालेपछि जनताहरु पनि संरक्षण हुने भनिएर विश्वस्त भएका थिए । तर लाखौं रुपैयाको आर्थिक प्रलोभनमा परेर क्रिकेट मैदानको लागि भु माफियाहरुले अन्तै ४ विगहा जग्गा खरिद गरिदिने शर्तमा विक्री गराउन संघ सघाउ पर्याउनमा आरोप अहिले संघ माथि लागेका छन् ।

रौतहटबासीको बहुमूल्य धरोहरलाई गुम्न नदिने प्रतिबद्धता जनाउदै मेयर गुप्ताले राइस मिल्सको जग्गा अधिग्रहण प्रक्रियाको साथै संरक्षण गर्नमा आफूहरु हरदम सक्रिय रहेको हुँदा स्थानीय बासिन्दाहरु पनि समय समयमा समाजको कुतत्वहरुलाई पहिचान गरेर तह लगाउनुपर्नेमा जोड दिए ।


राइस मिल्सको जग्गा विक्रि गराइदिने जिम्मा लिएका क्रिकेट संघका अध्यक्ष , उपाध्यक्ष , सचिव र कोषाध्यक्ष को सक्रियतामा भूमाफियाहरुले मोटो रकम खर्च गरेका छन । क्रिकेट संघका चारै जना पदाधिकारीहरुलाई लाखौ रुपैया दिएर बिक्रि प्रक्रियालाई तिव्र बनाउन भूमाफियाहरुले दबाब दिएका छन । चार दशक भन्दा पुरानो समय देखी सार्वजनिक स्थलका रुपमा स्थानिहरुले प्रयोग गरिरहेको जग्गामा विक्रि गर्नका लागी संघले सहकार्य गरिरहेको आरोप स्थानीयहरुले लगाए ।
भूमाफियाहरुले संघका अध्यक्षलाई अन्यत्र जग्गाको बैना गर्न १७ लाख रुपैंया समेत दिएको श्रोत बताउछन । पिकनिक र भोजभतेरमा संघले रकम खर्च गर्न शुरु गरेको श्रोतको दाबी छ । उपाध्यक्ष मनोज शर्माले आफु निकटका केही संचारकर्मीहरुलाई विभिन्न प्रलोभनमा पार्ने प्रयास गरेको देखिएको छ । क्रिकेट संघले राइसमिलको जग्गा छोडेर अन्यत्र खेल मैदान बनाउने र विक्रिलाई सहजता प्रदान गर्ने प्रयास गरेको देखे पछि सामाजिक संजालमा क्रिकेट संघका पदाधिकारीको चर्को आलोचना सुरु भएका छन् ।
२००३ सालमा स्थापना भएको गौर राइस मिल २०२६ सालमा बन्द भए पछि सार्वजनिक रुपमै रौतहटवासीले उक्त जग्गा खेल मैदान, सभा सम्मेलन, लगायत विभिन्न प्रयोजनमा प्रयोग गर्दै आएका छन । झण्डै चार दशक सम्म स्थानियले सार्वजनिक काममा प्रयोग गरेको राइस मिलको नाममा रहेको ५ बिघा १९ कठा १५ धुर जग्गामा लामो समय देखी केही भूमाफियाहरुले आखा गाडेका छन ।
क्रिकेट संघको रकमी चलखेलको बारे खुलासा भए पछि स्थानियहरुको आक्रोशित बनेको छ । एका तिर संरक्षण गरे जस्तो गर्ने र अर्को तिर खेलमैदान बेच्न खोज्ने दोहरो चरित्र देखाउने क्रिकेट संघ विरुद्ध स्थानिवासी एकजुट भएर प्रतिकार गर्नु पर्ने स्थानिय निशानत सिंहले बताए ।
प्रदेश सरकारले १५ करोड रुपैंया छुट्टयाएर रेडबुकमा सार्वजनिकीकरणको योजना राखे पनि अहिले सम्म सो काम अघि बढ्न सकेको छैनन ।


गौर नगरपालिकाको ध्यानाकर्षण


गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले नक्कली कागजातहरु तयार पारेर भूमाफियाहरु केही फटाहा व्यक्तिहरु संग मिलेर जग्गा विक्री गर्ने चलखेल भईरहेको रहस्य सार्वजनिक भएपछि गौर नपा वडा नम्वर ३ का वडाध्यक्ष श्यामसुन्दर पटेलद्धारा जिल्ला प्रहरी कार्यालय गौरमा किर्ते तथा जालसाजी सम्बन्धी किटानी जाहेरी दर्ता गराएको बताए ।
रौतहटबासीको बहुमूल्य धरोहरलाई गुम्न नदिने प्रतिबद्धता जनाउदै मेयर गुप्ताले राइस मिल्सको जग्गा अधिग्रहण प्रक्रियाको साथै संरक्षण गर्नमा आफूहरु हरदम सक्रिय रहेको हुँदा स्थानीय बासिन्दाहरु पनि समय समयमा समाजको कुतत्वहरुलाई पहिचान गरेर तह लगाउनुपर्नेमा जोड दिए ।


जालसाजी गर्नेलाई कारवाही गर्ने एसपी घिमिरेको प्रतिबद्धता


रौतहट प्रहरीको एसपी विनोद घिमिरेले गौर नपा ३ का वडाध्यक्ष श्यामसुन्दर पटेलद्धारा किर्ते र जालसाजी सम्बन्धी उजुरी आएको स्वीकार गरे । किर्ते गरेर सरकारी छाप प्रयोग गरेको, लेटरप्याड नक्कली बनाएर दुरुपयोग गर्नुका साथै विभिन्न कागजातहरु गलत ढंगबाट तयार गरिएको हुँदा प्रहरीले आवश्यक छानविन एवं अनुसन्धान गरेर संलग्न व्यक्तिहरु उपर कारवाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जनाए ।

तपसिल बमोजिमको नक्कली कागजातहरु तयार पारेर किर्ते सरकारी छापको दुरुपयोग गरेका कागजातहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै