रौतहटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

   १० पुष २०७७, शुक्रबार २०:०४  

रौतहट, १० पुुस । प्रधानमन्त्रीको अधिनायकवादीको कदमको विरुद्ध रौतहटको सदरमुकाम गौरको विपी चोकमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन ।
प्रदेश साँसद बाबुलाल साह कानुको अगुवाई निस्केका जसपाको नेता एवं कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नारावाजी गर्दै दुवैको पुतला दहन गरेका हुन् ।

 


जसपाको निर्धारित कार्यक्रम पुतला दहन गर्न नदिन व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि प्रहरीलाई छलेर दुवैको पुतला दहन गरेको जसपाको प्रदेश २ का सदस्य वृजकिशोर यादवले बताए । प्रधानमन्त्रीले सँसद विघटन गरे पछि रौतहटमा जसपा, नेपाली काग्रेंस र प्रचण्ड–माधव नेपालको समुहले विरोधमा अलग अलग प्रर्दशनहरु गरि रहेका छन ।


विरोध कार्यक्रममा जसपाका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माँग गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै