बैकिंग तथा वित्तीय कसुर गरेको अभियोगमा एक चिनियाँ नागरिक सहित ३७ जना पक्राउ

300 Shares

काठमाडौं, ११ फागुन । पछिल्लो समयमा विभिन्न अपराधिक क्रियाकलापमा चिनियाँ व्यक्तिको संलग्ता रहने गरेको हुँदा चिनियाँ नागरिक माथिको विश्वास उठ्दै गएको एक घटनाले प्रमाणित गरिदिएको छ ।
बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट एक चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको हो ।
वागमती प्रदेशको सिन्धुली जिल्ला घर भई हाल ललितपुरमा बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको प्रहरीले अभियोग पत्र दर्ता गरेको छ ।
आरोपिहरुले इजी क्रेडिट, फ्रि क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाइ क्यास लगायत अप्लिकेशन मार्फत गैरकानुनी तवरले लोन स्किम दिइरहेको प्रहरीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा गत सोमबार महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले पुरानो बानेश्वरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
नियन्त्रणमा लिएकाहरुबाट ल्यापटप लगायतका सामग्री बरामद गरिएको छ । उक्त घटनाको सम्बन्धमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी परिसरले जारी गरेको विज्ञप्ति विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार