नेपाली काँग्रेस जिल्ला अधिवेशनमा सभापतिमा दुई जना यादव उम्मेदवार

456 Shares

रौतहट, ११ फागुन । नेपाली काँग्रेस १४ औं अधिवेशन सकिएपनि रौतहट जिल्ला अधिवेशन हुन फागुन १५ गते हुने भएको छ ।
नेपाली काँग्रेस जिल्ला सभापति पदको लागि दुई जना उम्मेदवारले आफनो प्यानल सहितको उम्मेदवारी दिने घोषणा गरिसकेको हो । शेरबहादुर देउवा प्यानलबाट सुनिलकुमार यादव र रामचन्द्र पौडेल प्यानलबाट हृदयनारायण यादवले प्यानल सहितको उम्मेदवारी दिने सुची सार्बजनिक गरेका छन् ।
जिल्ला सभापतिमा उम्मेदवारी दिने देउवा प्यानलका सुनिल पहिलो संबिधान सभा सदस्य हुन् । हृदय नारायण कांग्रेसमा इमान्दार छावि भएको इमान्दार नेताको रुपमा परिचित रहेका छन् । सुनिल र हृदय प्यानल सेट गरेर उमेदवारी तयारी पुरा गरिसकेका छन् ।
दुबै जना विच सहमतीको अथक प्रयास गरिएपनि समहतीको वातावरण बन्न नसकेको हुँदा आउदो १५ गते अधिवेसन हुने पक्का भएको छ । दुबै खेमाका नेपाली कांग्रेस रौतहटका कार्यकर्ता आफ्नो उमेदवारको सामाजिक संजालमा प्रचार प्रसार तिब्र पर्नमा यती बेला व्यस्त रहेका छन् । सरकारले स्थानीय तहको निर्वाचनको तयारी समेत थालेका कारण नेपाली कांग्रेसको जिल्ला अधिबेसनले समेत त्यसको अर्थ राख्ने भएका कारण दुबै खेमा आफ्नो उमेदवार जितउने अभियानमा लागिपरेको छ ।
नेपाली कांग्रेसका नेता अफताव आलम जेलमा रहेका कारण समेत एउटा खेमालाई समस्या परेको जानकारहरुको भनाइ रहेको छ । स्थानीय तहको निर्वाचन पूर्व जिल्लामा नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुन गईरहेको अवस्थामा सहमतीको वातावरणमा अघि बढेमा मात्रै काँग्रेसलाई बलियो बनाउन सक्ने कतिपय नेताहरुको भनाइ रहेको छ ।
आपसमा मतमतान्तर गरेर अघि बढेमा स्थानीय तहको निर्वाचनमा काँगे्रसलाई नोक्सान हुने भएको हुँदा दुबै सभापतिको आकाक्षीलाई एक स्थानमा राखेर निर्विरोध रुपमा जिल्ला कार्य समितिको चयन गर्नुपर्ने आज आवश्यक्ता रहेको नेपाली काँग्रेसको शुभचिन्तक चिरन्जीवि सिंहले महसुस गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार