zoom download for pc laptop zoom windows 10 64 bit download download zoom for free for windows zoom conference app for windows zoom meeting id numbers to join - zoom meeting id numbers to join zoom download for hp laptop zoom marketplace app

भन्सार छलीको चामल सहित पाण्डे प्रहरीद्धारा पक्राउ

   ११ फाल्गुन २०७८, बुधबार १६:०४  

रौतहट, ११ फागुन । राजस्व छलेर नेपाल भित्रयाएको चामल बोकेको पिकअप भ्यान सहित एक जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सरकारी राजस्व छलेको चामल बोकेको गाडी सहित गौर नगरपालिका वडा नं. ७ का ३९ वर्षीय चन्दन पाण्डेलाई पक्राउ गरिएको हो ।
मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.१ नेपाल लज अगाडीबाट प्रदेश २–०३–००१ च–२१३८ नं.को पिकअप गाडीमा लोड गरी ल्याउदै गरेको भन्सार छलीको हाप स्टिम कतरनी चामल १५० बोरा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।
बरामद चामल र पिकअप भ्यान गरी करिव १५ लाख २५ हजार रुपैया बराबरको सामग्रीको मुल्याँकन गर्दै मानिस सहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै