नक्कली कागजात तयार पर्ने र किर्ते छाप लगाउने वडा सचिव फरार

576 Shares

रौतहट, ११ फागुन । रौतहट सदरमुकाम गौरको गहनाको रुपमा रहेको राइस मिल्सको जग्गा विक्री गर्नमा सघाउन पुर्याउन नक्कली कागजात तयार पारेर किर्ते छाप लगाउने कर्मचारी फरार भएको छ ।
गौर नगरपालिका वडा नम्वर ३ मा रहेको गौर राइस एण्ड फ्लोर मिल्सको ५ विगहा १९ कत्ठा १५ धुर जग्गा माथि धेरै बर्ष देखि भु माफियाहरुको आँखा लागेको छ, पटक पटक भु माफिया संग आर्थिक प्रलोभनमा परेर कुनै न कुनै कर्मचारीहरुले नै सघाएर नक्कली कागजात बनाएर विक्री गराउने चलखेल गर्दै आएको हो ।
पछिल्लो समयमा गौर नपा वडा नम्वर ३ मा रहेको उक्त जग्गाको वडा कार्यालयको एक जना सचिवले आर्थिक प्रलोभनमा परी नक्कली कागजातहरु तयार पारेर किर्ते छाप एवं दर्ता चलानी समेत भु माफिया समक्ष पुर्याएको रहस्य बाहिरिएका छन् । उक्त कार्य गर्नमा वडा नम्वर ३ को निर्वाचित २ जना वडा सदस्यहरुको संलग्नता रहेको श्रोतको दाबी छ ।
फर्जी कागजात तयार पर्नमा सहयोग पुर्याएका वडा सचिव पक्राउ पर्ने डरबाट सिमापारी भारत तर्फ फरार भएको ति श्रोतको दाबी छ । वडा सचिवको नाम अहिले सार्वजनिक गर्न नमिल्ने भएको हुँदा तथा त्यसमा संलग्न रहेका निर्वाचित जनप्रतिनिधहरुको आधिकारिक्ता प्रमाणित भएपछि मात्रै सार्वजनिक गर्न सम्बन्धित निकायले अनुरोध गरेपछि तिनीहरुको नाम सार्वजनिक गर्न नसकिएको हो ।
यस्तो फर्जी कागजात तयार पर्नमा वडा सचिवलाई प्रयोग ठूलै व्यक्तिहरुको संलग्ता रहेको हुन सक्ने आशंकामा त्यसैले उनलाई भगाएको हुनुपर्ने शंका उपशंकाहरु अहिले उब्जिएको छ । विभिन्न राजनीतिक आवरण रहेका रौतहट क्रिकेट संघको जिम्मेवार पदाधिकारीहरु अग्रसर भई केही मिडियाकर्मीलाई प्रभावमा पारेर गौरको बहुमूल्य गहनालाई विक्री गर्ने षड्यन्त्र विरुद्ध अहिले गौरबासी आक्रोशित बनेको नेपाली काँग्रेस गौर नगरको सभापति एवं युवा समाजसेवी मोहन यादवले बताए ।
मेयरको उम्मेदवार समेत रहेको यादवका अनुसार वेलाबखतमा राइस मिल्सको जग्गा विक्री गर्ने गराउने चलखेल भईरहदा नेपाल सरकारले अविलम्ब अधिग्रहण गरेर सार्वजनिक स्थलको रुपमा सधैको लागि कायम गराउन संघिय सरकार संग माग गरे ।
गौर नगरपालिका वडा नम्वर ३ को वडाध्यक्ष श्यामसुन्दर पटेलले किर्ते तथा जालसाजी उजुरीमा कसैको नाम उल्लेख नगरिएको हुँदा प्रहरीले उपलब्ध कागजातको आधारमा बुझ्ने तथा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार