छात्राउत्पीडन विरुद्ध पाकिस्तानमा प्रदर्शन

   १२ फाल्गुन २०७८, बिहीबार १७:३१  

यितेन्द्र शर्मा
पाकिस्तानको सिन्ध विश्वविद्यालयमा छात्राहरुमाथि भईरहेको उत्पीडनको विरुद्धमा त्याहाँका छात्राहरुले ठूलो प्रदर्शन गरेका छन् । प्रदर्शनकारी छात्राहरुले आफूलाई उत्पीडन गर्ने सन्दिग्धहरुलाई जोगाउनमा विश्वविद्यालय प्रशासन र प्रहरीहरुले पनि भूमिका गरेको आरोप लगाएका छन् ।
उत्पीडनका शिकार छात्राको पक्षमा हाउस अफिसर परवीन रिंद र अलमास बेहनले नवावशाह मेडिकल कलेज एवं अस्पतालका प्रशासन, सिन्ध विश्वविद्यालय, सम्बन्धित अधिकारीलाई तथा स्थानिय प्रहरी प्रशासनलाई गुनासो गर्दा पनि कुनै कारवाही नगरिएको, सन्दिग्धलाई पक्राउ पनि नगरिएको तथा तिनमा महिला विरोधी मानसिकता देखिएको कारण आफूहरु प्रदर्शन गर्न बाध्य भएको पाकिस्तानको प्रतिष्ठित समाचार पत्र “डन” मा लेखिएको छ ।
प्रदर्शनकारी छात्राहरुले सन्दिग्धमाथि समुचित कारवाही गर्न पाकिस्तानका प्रधानमन्त्री, प्रमुख न्यायाधिस तथा सम्बन्धित उच्च पदाधीकारीहरुसित पनि आग्रह गर्दै न्यायको माग गरेका छन् । “सिन्ध विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थानहरुमा समेत पनि छात्राहरुमाथी उत्पीडन तथा लैंगिक भेदभाव हुने गरेका कारण त्यसको विरोधमा पाकिस्तानका लेखक, पत्रकार र“सत्य शान्ति तथा न्यायका लागि नागरिक समाज” (जे डब्लु सी) का अधिकारकर्मीहरुले प्रदर्शन गरी सन्दिग्ध माथि कारवाहीको माग र पीडित छात्राहरुले न्याय पाउनु पर्ने माग गरेका छन् ।
अल्मास बेहनले उनिहरुलाई न्याय तथा सुरक्षा प्रदान गरिनुपर्नेमा विश्वविद्यालय प्रशासनले यसबाट पन्छिन खोजेको तथा सन्दिग्धलाई जोगाउने प्रयास गरिरहेको आरोप लगाएकी छन् । उनको अपहरणको प्रयास गर्ने व्यक्तिको नाम किटानीसाथ जाहेरी गरि विश्वविद्यालय प्रशासन तथा भाइस चान्सलर समेतले पनि चासो नदेखाएको आरोप लगाएकी छन । नामको निम्ति गठित छानविन समिति तथा प्रहरी समेतले पनि उनलाइृ नै प्रताडना गर्ने प्रयास गरिएको आरोप लगाएकी छिन् । उनको घरमा पुलिसले छापामारी गर्नु यसको प्रमाण रहेको दावि गरिन् । परविन रिन्दले केहि दिन अघि विश्वद्यिालयका तीन जना अधिकारीले उनलाई मरणासन्न हुने गरि छात्रावासमा कुटेको आरोप लगाउँदै विश्वविद्यालयका उपकुलपति डा. गुलशन अली मेमन इराले पनि कुनै पाइला नचालेकोमा दुख प्रकट गरेकी छिन् । जवकी उनले नवाव शाह प्रशासनका दोषी कर्मचारीको बारेमा लिखित गुनासो पनि गरेकी थिइन प्रहरीको मनसाय पनि सहयोगात्मक नरहेको उनको आरोप छ । पाकिस्तानका नागरिक समाजकर्मीहरुले हत्या, छात्रा तथा महिला उत्पीडन, महिला विरोधी हिंसा जनजाती हत्या तथा तनाव र शक्तीशाली व्यतिmहरुद्धारा अवैध जग्गा अतिक्रमण गर्ने घटना प्रति गहिरो चिन्ता गर्दै यस माथि रोकको माग गरिएको ”डन” को समाचारमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै