रौतहट, १२ फागुन । मुलुक अस्थिरताको अवस्थाबाट गुज्रिरहेको बखत हरेक स्थानमा अराजकताले जडो गाडिसकेको छ ।
त्यस्ता मध्ये अहिले जिल्लाको विभिन्न खोलाहरुबाट खोला जन्य बस्तुहरु निकाल्न मापदण्ड विपरित मेशिनहरुको धमाधम प्रयोग गरी खोलाको धार विगार्ने कार्य भईरहदा समेत नियमनकारी निकाय रतीभरी जागरुक नहुँदा दोहन गर्नेहरुको मनाबल बढ्दै गएको हो ।
जिल्लाको पश्चिमी उत्तरी भेगमा अवस्थित लाल बकैया खोलाबाट उत्खनन् गर्न ठेक्का पाएको निर्माण कम्पनीले मनलाग्दी उत्खनन गरेर खोलाको धार परिवर्तन गरिरहदा समेत नियमनकारी निकाय जागरुक भएको गुनासो स्थानीय बासिन्दाहरुले गरेका छन् ।
गुजरा नगरपालिकाले खोला उत्खननका लागि ओम गौरीशंकर एन्फा ईन्फ्रास्टक्चर प्राली किर्तीपुर ४ ले ठेक्का सकार गरेको थियो । सोही कम्पनीले फतुवा बिजयपुर नगरपालिकामा समेत बकैया खोला उत्खनन गर्नको निमित्त ठेक्का सकार गरे । ठेक्का सकार गरेको लामो समय हुदा उक्त कम्पनीले फुतुवा बिजयपुर नगरपालिका संग ठेक्का सम्झौता हाल सम्म गरेको छैन् तर खोला उत्खनन कार्यलाई जारी राखेको छ । फतुवा बिजयपुर नगरपालिकाले सो कम्पनीलाई पटक पटक सम्झौता गर्न तेकेता गर्दा समेत सम्झौता नगरेको नगरपालिका श्रोतबाट बुझिएको छ ।
ठेक्का सम्झौता नगर्नुको मुख्य कारण भने नगरपालिकाका जनप्रतिनिधि र केही कर्मचारी संग ओम गौरीशंकर एन्फा ईन्फ्रास्टक्चर प्राली साँठगाँठ गरेर सो नपा क्षेत्र भित्र पर्ने बकैया खोलाबाट खोलाजन्य बस्तुहरु निकासी गरिरहेको आरोप स्थानीयले लगाएको छ ।
हचुवाको भरमा फतुवा विजयपुर, गुजरा, चन्द्रपुर, वृन्दावन, गढीमाई गरी पाँच वटा नगरपालिकाले आईइइ कागजमै गरेको कारण खोलामा मेशिन प्रयोग गरेर झिक्ने खोलाजन्य बस्तुबाट धार परिवर्तन भई बस्ती जोखिममा पर्दै गएका छन् ।
ओम गौरीशंकर एन्फा ईन्फ्रास्टक्चर प्राली किर्तीपुरले नगरपालिकाले आइइ नगरेको स्थनमा उत्खनन गरेको कारण गाउनै खतरामा परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । गुजरा नगरपालिकाको गर्जा पुल भन्दा पाँच सय मिटर माथि आईइइ कागजमै भएपनि ओम गौरीशंकर एन्फा ईन्स्टक्चर प्रालीका नाममा धन्सार खोलाको दोभान सम्म उत्खनन हुदै आएको श्रोतले बतायो ।
फतुवा बिजयपुर नगरपालिकाका स्थानीय बासिन्दाले मनलाग्दी खोला ठेक्का सकार नगरी दोहन गरेको भन्दै बिरोध प्रर्दशन गरेपछि रोकिएको उत्खनन फेरी सुरु भएको छ । राजनीतिक संरक्षणमा रौतहटको लाल बकैया, धनसर, वागमती र चाँदी खोलाबाट धमाधम गिटी, बालुवा र ग्राभेल निकाल्न कार्यहरु भईरहदा समेत जिल्ला अनुगमन समितिको पदाधिकारीहरु चिर निन्द्रमा सुतिरहेको आरोप स्थानीय विजयपुरको बासिन्दाहरुले गम्भीर आरोप लगाएको छ ।
बैकैया खोला पारी फतुवा बिजयपुर नगरपालिका क्षेत्रमा मात्रै आधा दर्जको हाराहारीमा नेताहरुको क्रसर संचालनमा रहेको छ ।