why do some pcr tests take longer download for windows - zoom zoom cloud meeting join download - zoom cloud meeting join download zoominfo - zoominfo download zoom pc zoom meeting joining 2016 zoom meeting join meeting download zoom meeting join a meeting login

रक्सी खाएको समयमा आफूबाट कागजात लेखाएको वडा सचिव विनोद पासवानको खुलाशा

   १२ फाल्गुन २०७८, बिहीबार १८:३८  

रौतहट, १२ फागुन । विवादित राइस मिल्सको बहुमूल्य जग्गा विक्री गरेर अकुत सम्पत्ती आर्जन गर्नमा गौर नगरपालिका वडा नम्वर ३ को निर्वाचित वडा सदस्य र कर्मचारीको संलग्नता रहेको पुष्टि भएको छ ।
२००३ सालमा स्थानपना भई २०२५ सालमा बन्द भएको गौर राइस एण्ड फ्लोर मिल्सले चर्चेको ५ विगहा १९ कत्ठा १५ धुर जग्गा माथि धेरै बर्ष देखि भू माफियाको गिद्दे दृष्टि बस्दै आएकोमा त्यस कार्यलाई निर्वाचित जनप्रतिनिधि र नगरपालिकाको कर्मचारीको मिलोमतोमा विक्री गर्ने खेल सुरु भएपछि स्थानीय जनताहरु आक्रोशित बन्दा उक्त कार्यको पोल खुलेको हो ।


राइस मिल्सको जग्गा विक्री गराउनमा सहयोग पुर्याएका गौर नपा वडा नम्वर १ को सचिव विनोद पासवान संग सिमापारी भारतको वैरगनियामा गएर सम्पर्क गर्दा उनले वडा नम्वर ३ को वडा सदस्य लाल महम्मदले मलाई चार किला प्रमाणित गरिदिनुस भनेको कुरा बताए ।
तपाईको वडामा कर्मचारी हुँदाहुँदै मैले किन लेख्नु पर्यो भन्दा वडा सदस्य महम्दले भने हाम्रो वडामा महिला कर्मचारी हो उसलाई लेख्न आउदैन तपाईले खेश्रा गरिदिनुस मैले मान्छे पठाउदैछु भेन । वैरगनियामा भेट भएका सचिव पासवानले भने यो एक बर्ष अघिको कुरा हो मैले रक्सी सेवन गरेको थिए, विरगंज तिरको मान्छे हातमा लेटरप्याड बोकेर आयो त्यसमा मैले लेखिदिए तर लेटरप्याडको माथि मैले काट्न सकेन किनकी म रक्सी सेवन गरेको अवस्था परेको हुँदा यो अवस्था सृजना भएको बताए ।
चार दशक देखि गौर राइस मिल्सको जग्गा सार्वजनिक मैदानको रुपमा प्रयोग भईरहदा पनि कतिपय राजनितिक दलहरु विक्री गर्ने प्रयास गरेका थिए तर सफल भएन, उक्त जग्गामा रौतहट क्रिकेट संघलाई व्यवहारिक रुपमा प्रयोग गर्न दिएर संरक्षण हुन्छ तर जनप्रतिनिधिहरुकै मिलोमतोमा संघका पदाधिकारीहरुद्धार रचिएको प्रपंचमा आफू अहिले फसेको पछुतो भईरहेको वडा सचिव पासवानले ग्लानी महसुस गरे ।
वडा सदस्य लाल महम्मद संगै अर्को संजय कर्ण भन्ने सदस्यहरुको मिलोमतोमा बहुमूल्य राइस मिल्सको जग्गा विक्री गर्नमा रौतहट क्रिकेट संघका पदाधिकारीहरुले गत शनिवार संचारकर्मीहरुलाई शुष्मा प्यालेशमा बोलाएर मदिरा पान गराउदै तपाईहरु चुप लागिदिनुस रौतहट क्रिकेट संघले अन्तै ४ विगहा जग्गा लिएर स्टेडियम बनाउने छ र उक्त कार्यलाई क्यानले पनि सपोर्ट गरेको छ भनेपछि त्यहाँ बसेका अधिकाँश संचारकर्मीहरु बाहिरिएका थिए ।
रौतहट क्रिकेट संघका एक पदाधिकारीको अनुसार बर्षमा ३ महिना राइस मिल्सको जग्गा पानीमा डुबेको हुन्छ त्यसैले बाहिर चार विगहा जग्गा पाइरहेको कुरा क्यान केन्द्रीय समितिलाई भनेपछि त्यहाँबाट सकारात्मक जवाफ आएपछि आफूहरु पहल सुरु गरेको बताए । क्यानको नाममा कुनैपनि स्थानमा स्टेडियम नरहेको रौतहटमा हुँदा क्यानलाई गर्व हुने जस्ता कुरा उनले समेत बताए ।
आधिकारी वारेसनामा गौर राइस मिल्सको कोहिपनि नभएको अवस्थामा तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको समयमा गौर राइस मिल्सको उक्त जग्गालाई सरकारी करण गरियो तर केही भु माफियाहरु सर्वोच्च अदालतमा सो निर्णय विरुद्ध अपिल गर्दा सर्वोच्च अदालतले प्रक्रिया मिचेर मन्त्री परिषदबाट निर्णय भएकोलाई बदर गरिदिएपछि भु माफियाहरु विभिन्न समयमा चलखेल गर्दै आएको छ ।
यस विषयमा नेकपा समाजवादी एकिकृतका युवा नेता तथा गौर नपा मेयरको उम्मेदवार शम्भु साहले गौर राइस मिल्सका जग्गा रौतहटबासीको धरोहर हो, यसलाई कुनैपनि हालतमा विक्री हुनबाट जोगाउनु पर्छ त्यसका लागि आफूले जस्तो सुकै कदम चाल्ने संकेत दिए । गौरबासीको गहनाको रुपमा रहेको राइस मिल्सको जग्गाको लागि हर सम्भव प्रयास गर्ने कानुनी तथा व्यवहारिक लडाई लडेर पनि गौरबासीको सम्पती जोगाउनमा कुनै कसर बाकी नराख्ने प्रतिक्रिया दिए ।
नक्कली कागजात तयार गरेर किर्ते छाप लागनमा नपाकै कर्मचारीको संलग्नता रहेको हुँदा त्यसको सबै जिम्मेवारी मेयरले लिनुपर्ने हो कि होइन साहले प्रश्न गरे ।
गौरका स्थानीय युवाहरुले राइस मिल्सको जग्गालाई संरक्षण गर्न विहिवार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई ज्ञयापन पत्र बुझाउदै भु माफिया विरुद्ध कारवाही गर्न माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै