राजस्व संकलन र सरकारी खर्चमा तालमेल भएन ः उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल

   १३ फाल्गुन २०७८, शुक्रबार १३:५८  

काठमाडौं, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र फजुल सरकारी खर्चबीच तालमेल अनमेल हुँदा नेपालको अर्थतन्त्र संकटमा पर्न थालेको बताए ।
नियमित रुपमा संकलन गरिने राजस्वलाई व्यवस्थित गर्न नसक्ने नगरी सरकारले समयमै खर्च गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएको ढकालको गुनासो गरे ।
राजश्व संकलन सतप्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्या समेत सिर्जना भएको छ, पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो भने, यसका निम्ति खर्च गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरिनुपर्छ ।
वरिष्ठ उपाध्यक्ष ढकालले तरलता संकट समाधानका लागि नेपाल सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्ने बताए । संघीय सरकार सहित प्रदेश र स्थानीय सरकारको खर्च गर्ने परिमाण न्यून भएको तर राजस्व संकलन ९० प्रशितभन्दा बढी हुने कारणले तरलता संकट हुने गरेको उनको भनाइ थियो ।
खर्च गर्नैपर्ने प्रणालीको विकास गर्दै राजनीतिक र प्रशासनिक नेतृत्वलाई जिम्मेवार बनाइनुपर्नेमा ढकालले जोड दिए । यस्तै सरकार फेरिए सँगै बजेट र कार्यक्रम संशोधन हुने नीतिगत अस्थिरता पनि समस्याको प्रमुख कारणको रुपमा रहेको उनले स्पष्ट पारे ।
आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले पर्वत जिल्लाभित्र र समग्र गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानीमा स्थानीयस्तरमा बन्ने आयोजनाहरुमा आफ्नो तथा समूहको साझेदारी रहने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै