install zoom for all users of a computer zoom pc download zoom vdi download zoom h4 download zoom download for meetings zoom download desktop client zoom us join meeting id - zoom us join meeting id

रुस माथि अन्तर्राष्ट्रिय प्रतिबन्ध संगै अमेरिकी र एशियाली बजार उकालो लागे

   १३ फाल्गुन २०७८, शुक्रबार १४:०८  

रौतहट, १३ फागुन । रुसले युक्रेनमा गरिएको आक्रमण लिएर रुप माथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाइए संगै अमेरिका र एसियाली बजार उकालो लाग्न सुरु भएको छ ।
जापानको निक्की २२५ इन्डेक्स शुक्रबार ०.९ प्रतिशतको वृद्धिका साथ खुलेको छ । अन्य परिसूचक पनि बढेका छन् । यस्तै दक्षिण कोरियाको कोस्पी १.६% बढेको छ । उता सिड्नीको एएन्डपी÷एएसएक्स २०० पनि ०.३ प्रतिशतले उकालो लागेको छ ।
युक्रेनमा भएको आक्रमण पछि बिहीबार विश्व सेयर बजारमा ठूलो गिरावट आयो । बिहीबार पनि कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको थियो ।
बिहीबार तेलको मूल्य प्रति ब्यारेल १०० डलर भन्दा माथि पुगेको थियो । रुस विश्वमा तेलको दोस्रो ठूलो निर्यातक र प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक देशको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण तेल र ग्यासको मूल्य बढ्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै