zoom download 5.8.4 download zoom enterprise download old zoom version zoom cloud meetings app price zoom free download app

अन्र्तरघातीले मात्रै पार्टी छाडेका हुन— एमाले नगर अध्यक्ष आचार्य

   १४ फाल्गुन २०७८, शनिबार १९:५४  

चन्द्रपुर — नेकपा एमाले चन्द्रपुर नगर कमिटि रौतहटका अध्यक्ष शिब प्रसाद आचार्यले अन्र्तरघातीहरुले मात्रै एमाले पार्टी छाडेको बताउनु भएको छ । शनिबार चन्द्रपुर नगरपालिका वाड नं. २ वाडा कमिटिको बिस्तारित बैठकमा नगर अध्यक्ष आचार्यले यस्तो बताउनु भएको हो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकामा अन्र्तरघात गर्नेहरुले मात्रै एमाले पार्टी छाडेको अध्यक्ष आचार्यले बताए । अन्र्तरघात कै कारण एमालेका नगर प्रमुख उमेदवार उद्धब रेग्मीले पराजित हुनुपरेको उहाको धारणा थियो । अन्र्तरघातीहरु पार्टी छाडेर गइसकेको हुदा अबको निर्वाचनमा एमालेले नै निर्वाचन जित्ने अध्यक्ष आचार्यले बताउनु भयो । नेकपा एमाले अहिले संगठन बिस्तारलाइ तिब्रता दिएको र सोही अनुसार नेता तथा कार्यकर्ताहरु पनि लागिपरेको उहाले जानकारी दिनुभयो । बिस्तारित बैठकका प्रमुख अतिथि समेत रहुन भएका अध्यक्ष आचार्यले अब पार्टीका सच्चा कार्यकर्ताहरु एक ढिक्का भएर अगाडी बढनु पर्ने बताउनु भएको छ । यसैगरी चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारीले पनि अब चन्द्रपुर नगरपालिकामा एमाले बाहेक अरु कुनै पार्टीको बिकल्प नभएको बताउनु भएको छ । जनताको सच्चा पार्टी भनेको नेकपा एमाले नै भएको हुदा योजनाबद्ध बिकाश गर्न नेकपा एमाले नै चाहिले उपाध्यक्ष तिवारीले बताउनु भएको छ ।सोही बैठकले राष्ट्रिय युवा संघको वाड स्तरीय कमिटि समेत बनाएको छ । कमल खरेल अध्यक्षतामा ३५ सदस्यीय वाड स्तरीय राष्ट्रिय युवा संघ गठन भएको नेकपा एमाले चन्द्रपुर वाड नं. २ का अध्यक्ष शम्भु खडकाले जानकारी दिनुभयो । समितिको उपाध्यक्ष त्रयमा राजन परियार, र्काैशल अधिकारी र अकाश चौधरी रहेका छन भने सचिबमा सफल उप्रेती सहसचिबमा जिनत चौधरी रहेको अध्यक्ष खडकाले जानकारी दिनुभयो । त्यसैगरी आउदो ३० गते अखिल नेपाल महिला संघ र किसान संघको कमिटि गठन र फागुण भित्र टोल कमिटिहरु गठन गरिसक्ने अध्यक्ष खडकाले बताउनु भयो ।
बैठकमा अखिल नेपाल महिला संघकी चन्द्रपुर नगर कमिटि अध्यक्ष खिना कुमारी गौतम,राष्ट्रिय युवा संघका नगर अध्यक्ष बिक्रम लामा,नगर कमिटिका सदस्य भोला थपलिया,रमेश तिमलसिना,वाड कमिटि सल्लाहकार रुद्र अधिकारी,बुद्धी प्रसाद उप्रेती,लगायातको उपस्थीती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै