बाँकेको मस्जिद विवाद साम्य

496 Shares

बाँके, १५ फागुन । नेपालगन्जको एउटा मस्जिदको बिवाद साम्य भएको छ । दरगाह अला हजरतको फतवाले समाधान गर्यो नेपालको मस्जिदको विवाद, जानिराखौं पुरा कुरा सुन्नी मरकज दरगाह अला हजरतको फतवाबाट नेपालमा मस्जिदको विवाद समाधान भएको छ । जहाँ नेपाली अदालतले मस्जिदको विवादबारे दरगाहसँग फतवा मागेको थियो ।त्यसबारे दुवै पक्ष आएका थिए ।

नेपालगन्जमा सुन्नी मरकज दरगाह अला हजरतको फतवाले नेपालको एउटा मस्जिदको विवाद समाधान भएको हो । यहाँको मस्जिदलाई व्यक्तिगत सम्पत्ति भन्दै उक्त व्यक्तिले नमाज पढाउन नमाज पढ्नबाट रोक्न खोजेका थिए । नेपालको अदालतले दरगाहबाट फतवा जारी गर्न आदेश दिएको छ । फतवा पाएपछि अदालतले नमाज , पूजा गर्नेहरुको पक्षमा फैसला गरेको हो । दरगाह अला हजरतका उलामाले फतवामा मस्जिद निजी सम्पत्ति नभएको बताउदै निर्णय दिएको हो । सुन्नी धर्मका कुनै पनि उपासकले नमाज पढ्न सक्छन्।

नेपालको बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिकाको परसपुरमा ‘शहीद मस्जिद’ छ । करिब ७० वर्षअघि मस्जिदको जग्गा एक व्यक्तिले वक्फ ( दान ) गरेको थियो । त्यसपछि मस्जिद बनाइएको थियो। त्यसयता सबैले नमाज पढ्थे तर केही महिनाअघि मस्जिदका वक्फ ( दान) गर्ने मालिकका नातिनीले मस्जिद निजी सम्पत्ति भएको भन्दै मस्जिदमाथि दाबी गरेका थिए । उनले मस्जिदमा आफूले चाहेको नमाज पढाउने बताएका थिए ।

यो मुद्दा अदालतमा चलिरहेको थियो । जसका कारण अदालतमा सुनुवाइ गर्दै न्यायाधीशले दुवै पक्षलाई यस विषयमा दरगाह अला हजरतबाट फतवा ल्याउन भनेका थिए । जसका कारण १४ फेब्रुअरी २०२२ मा दुवै पक्षले दरगाह अला हजरतका इस्लाम धर्मका मुफ्ती मोहम्मद सलीम नूरीसँग सम्पर्क गरी फतवा मागेका थिए । १७ फेब्रुअरीमा दरगाहका प्रमुख मौलाना सुभान रजा खान सुभानी मियाँको उपस्थितिमा मुफ्ती अफरोज आलम नूरी, मुफ्ती सय्यद कफील हाश्मी, मुफ्ती मोहम्मद अयुब खान नूरी र मदरसा मान्जरे इस्लामका मुफ्ती मुहम्मद सलीम नूरीले समस्या समाधान गरेर बिवाद साम्य बनाएका हुन ।

फतवामा भनिएको थियो कि मस्जिद इस्लाममा निजी सम्पत्ति होइन। सुन्नी मुस्लिमलाई कुनै शरीयत बिना सुन्नी मस्जिदमा नमाज पढ्नबाट रोक्न सकिँदैन। यही फतवाका आधारमा अदालतले नेपालको मस्जिदको फैसला गरेको हो । फतवा लिन नेपालका मुफ्ती कैफुलवार, कारी अजमत, शकील लगायत धेरै मानिसहरु उपस्थित भएर सो निर्णय लिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार