प्रतिनिधिसभामन एमसीसी बिषयमा छलफल हुने

   १५ फाल्गुन २०७८, आईतवार ०८:३५  

रौतहट, १५ फागुन । नेपाली राजनीतिक दलहरुको लागि टाउको दुखाईको बिषय बनेको एमसीसी सम्बन्ध मा आज आईतवार प्रतिनिधिसभामा छलफल हुने भएको छ ।
मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो ।

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक नै अनिश्चित जस्तै भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै