एमसीसी सम्बन्धमा सदनमा छलफल सुरु

   १५ फाल्गुन २०७८, आईतवार १५:२७  

काठमाडौं, १५ फागुन । एकातिर सडकमा जनताहरु प्रदर्शन गर्दै छ भने अर्को तिर प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना एमसीसी माथि छलफल सुरु भएका छन् ।
अहिले प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेनिययम च्यालेन्ज कर्पोरेसन बिच भएको सम्झौता माथि सामान्य छलफल गरियोस भनेर प्रस्ताव पेश गरेका हुन् ।
अर्थमन्त्री शर्माको प्रस्ताव माथि सदनका सदस्यहरुले जवाफ दिइरहेको छ । अर्को तिर प्रमुख विपक्षी नेकपा एमालेका साँसदहरु वेलमा नाराबाजी गरिरहेका छन् । एमसीसी आजै पास हुदैछ भनेर प्रतिनिधि सभा स्थल बानेश्वर क्षेत्रमा सरकारले कडासुरक्षा व्यवस्था पारिएपनि जनता एवं विभिन्न पार्टीका कार्यकर्ताहरुद्धारा विरोधका कार्यक्रमहरु जारी राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै