change language zoom app zoom app window zoom meeting joining 2010 fundos para zoom download drag zoom pro download zoom meeting login free - zoom meeting login free

स्थानतकको परिक्षा दिन हिडेका मोटरसाइकल दुर्घटना, तिन घाईते

   १५ फाल्गुन २०७८, आईतवार १५:५५  

सर्लाही, १५ फागुन । सर्लाहीमा स्नातकको परीक्षा दिन गइरुहेको विद्यार्थी चढेको मोटरसाइकल दुर्घटना हुँदा तिन जना घाईते भएको छन् ।
हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस केन्द्रमा परीक्षा दिन तीनजना विद्यार्थी चढेको मोटरसाईकल आईतबार बिहान साँढे ६ बजे दुर्घटनामा भएका हुन् । तिव्रगतीमा कुदिरहेको प्र. २–०२–००१–७५८९ नम्बरको मोटरसाईकल हरिवन नगरपालिका–११ स्थित सशस्त्र प्रहरी बेस क्याम्प अगाडि पूर्व–पश्चिम राजमार्गमा पल्टिएको इप्रका हरिवनले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाईकल चालक लालबन्दी नगरपालिका–७ निवासी २० वर्षीय अरविन्द साह र पछाडी सबार १९ वर्षीया अनुषा श्रेष्ठ, २१ वर्षीया सुजाता सिग्देल घाईते भएका हुन् । श्रेष्ठ र सिग्देलको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको र मोटरसाईकल चालक साहलाई भने थप उपचारका लागि वीरगंज रेफर गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै