मतदाता नामावली अद्यावधिक गराउने विषयमा सरोकारवाला संग अन्तरक्रिया

   १५ फाल्गुन २०७८, आईतवार १६:२२  

रौतहट, १५ फागुन । रौतहट सदरमुकाम गौरमा आईतवार मतदाता नामावली अद्यावधिक गराउने सम्वन्धमा सरोकारवालाहरु सँग जिल्ला निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको छ ।
फागुन १९ गतेदेखि २६ गतेसम्म जिल्लाका १८ वटा पालिकाका १५७ वटै वडामा दावी विरोध सहित मतदाता नामावली अद्यावधिक गराउन अभियान नै सञ्चालन गर्न लागिएकाले यसबारे जानकारी गराउन सरोकारवालाहरु सँग आन अन्तरक्रिया गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय रौतहटको निर्वाचन अधिकृत छोटेलाल दासले फागुन १९ गतेदेखि जिल्लामा रहेको १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहको प्रत्येक वडाहरुमा त्यहाँका मतदाताहरुको नामावली पठाइने र प्रकाशन गरिने छ तथा कुनै त्रुटि भए वा कसैको कुनै पनि विवरण सच्याउनु पर्ने भएमा जिल्ला निर्वाचन कार्यालय मा गएर निवेदन दिन सक्ने स्पष्ट पारे ।


प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले नेपाल सरकारबाट निर्धारण भएको निर्वाचनको मितिलाई मध्यनजर राख्दै निर्वाचन आयोगद्धारा तय गरिएको कार्यक्रमहरुलाई पूर्ण रुपमा सफल बनाउन सबैको नैसगिंक कत्तव्र्य रहेको बताउदै आयोगको जुनसुकै कार्यक्रमलाई सफल पार्न स्थानीय प्रहरी प्रशासन हर सम्भव सहयोग एवं सहकार्य गर्ने स्पष्ट पारे ।
जिल्ला समन्वय समिति रौतहटको प्रमुख रामएकवाल यादवले आउदो बैशाख ३० गते हुने लोकतन्त्रको महापर्व स्थानीय तहको निर्वाचनलाई सकारात्मक रुपमा लिई हरेक कार्यक्रमलाई सघाउ पुर्याउनुपर्नेमा जोड दिए ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति निर्धारण भएपछि गत माघ २५ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन कार्य बन्द गरिएको छ । अब हुने निर्वाचनमा माघ २४ गतेसम्म नामावली दर्ता गराएका मध्ये उमेर पुगेका मतदाताहरु मात्रै मताधिकारको प्रयोग गर्न सकिने छ ।
रौतहट जिल्लामा १८ बर्ष पुगेका ४१०३३३ मतदाता रहेको छ । १८ स्थानीय तहको १५७ वटा वडामा २७६ मतदान स्थल र ५२४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटबाट बुझिएको छ । सबैभन्दा बढि मतदाता ४८८८७ चन्द्रपुर नपामा छ भने सबै भन्दा कम मतदाता १३६५४ यमुनामाई गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै