kodak 3x optical zoom download zoominfo technologies stock zoom meeting join a meeting today online - zoom meeting join a meeting today online zoom us join meeting call in meeting - zoom us join meeting call in meeting ucla zoom download ksu zoom download zoom download webinar

एमसीसी नेपाल हितमा रहेको – लोसपा अध्यक्ष महन्थ ठाकुरको भनाई

   १५ फाल्गुन २०७८, आईतवार १६:३५  

काठमाडौं, १५ फागुन । सदनमा एमसीसी परियोजना माथि बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अध्यक्ष महन्थ ठाकुरले नेपाल हितमा एमसीसी रहेको बताए ।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै लोसपा अध्यक्ष ठाकुरले एमसीसी सम्झौता भएपछि नेपालको गरिवी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यबाट नै एमसीसी परियोजना आएको बताए ।
उनले एमसीसी मार्फत अमेरिकाले केही पनि उल्टोसुल्टो कार्य नलादेको बताए । ‘यसले नेपालको स्वतन्त्रता एवं स्वाभिमान माथि कुनै आघात पार्दैन, अमेरिकाको जुन उद्देश्य छ त्यो सकारात्मक छ ।’ अध्यक्ष ठाकुरले आफ्नो दल एमसीसीको पक्षमा रहेको पनि स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै