zoom.us free download for laptop do participants have to download zoom zoom meeting join free download download zoom cloud meetings app for windows 10 zoom - zoom join zoom meeting login online my account - join zoom meeting login online my account

कमिशन वापतको रकम लिदै मेयर धर्मेन्द्र पटेल सहित ४ जना अख्तियारको फन्दामा

   १५ फाल्गुन २०७८, आईतवार १९:४२  

रौतहट, १५ फागुन । रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेल घुसको रकम पाँच लाख लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतवार रंगे हात पक्राउ गरेको छ ।
देवाही गोनाही नगरपालिकाको कार्यालय देवाही स्थित आफनै कार्यकक्षमा मै मेयर पटेलले विकास निर्माणको कार्यमा भागवण्डा वापतको रकम वडाध्यक्ष शेख नुरुल्ला संग नगद र चेक लिदै गरिरहेको समयमा आज अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको अनुसन्धान अधिकारीले रंगे हात पक्राउ गर्न सफल भएको हो ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ७ करुनियाको वडाध्यक्ष नुरुल्ला संग कमिशन वापतको नगद २ लाख पचार हजार र ढाई लाखको चेक गरी ५ लाख लिदै गर्दा मेयर पटेल सहित चारजनालाई अख्तियारको टोलीले पक्राउ गरेको श्रोतबाट बुझिएको छ ।
मेयर पटेल संगै योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख र मेयरको पिए गरी चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा आएको अनुसन्धान अधिकृतहरुले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाडौं तर्फ लगिएको श्रोतले बतायो ।

मेयर पटेललाई वडाध्यक्ष नुरुल्लाले अख्तियार दुरुपयोग अनुन्धान आयोग संगको सेटिंगमा नियन्त्रणमा लगाउने खेल भएको बुझिन आएको छ ।
जनता समाजवादी पार्टीबाट निर्वाचित रहेका मेयरलाई तत्कालि समयमा सोही पार्टीबाट निर्वाचित वडाध्यक्ष हाल एमाले प्रवेश गरेका नुरुल्लाले फसाएको खवर पाउना साथ नगरपालिका भरीका स्थानीय बासिन्दाहरु भेला भएर नगरपालिकाको कार्यालयलाई घेरा हालेपछि सुरक्षाको थप मद्दत मगाएर चारै जनालाई अख्तिायरको अनुसन्धान टोलीले लिएर गएको जानकारी प्राप्त भएको छ ।
विकास निर्माणको कार्यमा कमिशन एवं घुस लिने प्रकरणमा मेयर पक्राउ पर्नु देशमै पहिलो मेयर पटेल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै