पुरातात्विक शिव मन्दीर पतौरामा मंगलवार देखि मधानी महायज्ञ

   १६ फाल्गुन २०७८, सोमबार १६:३६  

मौलापुर जाऔं, मौलापुर जाऔं, मौलापुर जाऔं, पुरातात्विक शिव मन्दीर पतौरामा मंगलवार देखि मधानी महायज्ञ हुन गईरहेको पुरातात्विक पतौरा शिव मन्दीरको दर्शन गर्न समस्त भक्तजनहरुलाई मौलापुरमा भ्रमण गरी धार्मिक रसपान गरी आन्तरिक पर्यटनलाई बढावा दिन आयोजक समितिले हार्दिक आग्रह गरेको छ ।


मौलापुर (रौतहट), १६ फागुन । विगत चार बर्ष अघि पुरातात्विक विदहरुद्धारा उत्खनन पश्चात ११ औं शताब्दी अघि निर्माण भएको शिव मन्दीर निस्कीएपछि उक्त स्थानमा हरेक बर्ष मधानी महायज्ञको आयोजना हुँदै आएका छन् ।
मौलापुर नगरपालिका अन्तर्गत पतौराको स्थानीय बासिन्दाहरु जग्गा खनजोत गर्दा जमिन मुनि घरको भग्नावेश रहेको पत्ता लाग्यो । स्थानीयहरु खन्दै जाँदा त्यहाँ मन्दीरको आकृति फेला परेपछि पुरातात्विक विभागलाई खवर गरियो । विभागबाट पुरातात्विक विदहरुको रेखदेखको साथै इंगलैण्डबाट समेत पुरातात्विक विज्ञहरु आएपछि उत्खनन कार्यलाई जारी राख्दिा शिव मन्दीर निस्कियो । जुन ११ शताब्दी अघि निर्माण भएको पाइयो ।
जिल्लाको अत्यन्तै विकट एवं बाटोघाटोको समुचित पहुँच नभएको स्थानमा शिव मन्दीरको अवशेष निस्नु पताराबासीको लागि सुखद क्षण लिएर आए । तत्कालिन नेकपा माओवादी तथा हाल नेकपा एमाले स्थायी समिति सदस्य प्रभु साहले रौतहट क्षेत्र नम्वर ३ को हरेक गाउँ गाउँ सम्म पुग्नका निमित्त बाटोघाटोको संरचनालाई विस्तार गर्दै आज रौतहटको नमूना क्षेत्रको रुपमा पहिचान कायम गर्न सफल भएको छ ।
अर्को तिर ११ औं शताब्दी अघिको शिव मन्दीरलाई व्यवस्थित बनाउन मौलापुर नगरपालिकालाई स्थायी समिति सदस्य साहले आन्तरिक पर्यटनलाई बढावा दिई यस क्षेत्रको कयाकल्प गराउनमा पतौरा महादेव मन्दीरको उल्लेख्य भुमिका हुने भएको हुँदा पवित्र स्थलमा महाशिवरात्रीको समयमा मधानी महायज्ञको आयोजना गरी धार्मिक पर्यटनलाई विकसित गर्न सुझाव दिएपछि विगत तिन बर्ष देखि मधानी महायज्ञको आयोजना हुँर्द आएको मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साहले बताइन् ।

अर्को तिर ११ औं शताब्दी अघिको शिव मन्दीरलाई व्यवस्थित बनाउन मौलापुर नगरपालिकालाई स्थायी समिति सदस्य साहले आन्तरिक पर्यटनलाई बढावा दिई यस क्षेत्रको कयाकल्प गराउनमा पतौरा महादेव मन्दीरको उल्लेख्य भुमिका हुने भएको हुँदा पवित्र स्थलमा महाशिवरात्रीको समयमा मधानी महायज्ञको आयोजना गरी धार्मिक पर्यटनलाई विकसित गर्न सुझाव दिएपछि विगत तिन बर्ष देखि मधानी महायज्ञको आयोजना हुँर्द आएको मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साहले बताइन् ।


मौलापुरलाई देशकै धार्मिक क्षेत्रको साथै आन्तरिक पर्यटनलाई लोभ्याने खालको हरेक संरचनाहरु खडा गरी यहाँका वेरोजगार युवाहरुलाई रोजगारको अवसर प्रदान गर्ने, पिछडिएको क्षेत्रको रुपमा रहेको ३ नम्वर क्षेत्र अहिले जिल्लाको हरेक क्षेत्रमा अघि रहेको, बाटोघाटो, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, लगायत विभिन्न क्षेत्रमा मौलापुर सहित रौतहट क्षेत्र नम्वर ३ निकै अघि बढेकोमा उनले खुशी व्यक्त गरिन । यस क्षेत्रको विकास र युवाहरुलाई स्वरोजगार बनाउनमा पूर्व मन्त्री एवं क्षेत्रका साँसद समेत रहनुभएका प्रभु साहको जनउत्तरदायी कदमलाई जनताहरुको माया र साथको कारण नै यहाँ सम्म पुग्न सफल भएको उनले तराई टप अनलाईन संग कुरा गर्दै स्पष्ट पारिन ।
मोलापुर नगरपालिकाको निमित्त कार्यकारी अधिकृत रामबाबु साहले मंगलवार देखि सुरु हुने मधानी महायज्ञको आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको बताए ।
मधानी महायज्ञ तयारी मुल समितिद्धारा पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात मधानी महायज्ञको थालनी हुँदै आएको छ ।
विश्वमा कही कतै नभएको मधानी महायज्ञ मौलापुर नपाको पतौरामा पुरातात्विक शिव मन्दीरमा भोली देखि हुन गईरहेको हुँदा सोका आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको बताउदै निमित्त कार्यकारी अधिकृत साहले मंगलवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले पुजा अर्चाना गरी मधानी महायज्ञको विधिवत रुपमा उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्न आउने लक्ष्य राखिएको जानकारी दिदै साहले महायज्ञस्थल भरीमा खानेपानी, विद्युत, सरसफाई, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भईसकेको र सिसिटिभी क्यामरा को माध्यमबाट सुरक्षाको प्रवन्ध मिलाइएको छ भने मेलामा विभिन्न खेल तमाशाहरुको आयोजक समितिले व्यस्थापन गरिएका छन् ।
नेपाल र भारतका हिन्दी, नेपाली र भोजपोरी जगतका ख्याती प्राप्त खेसारीलाल सहितका कलाकारहरुद्धारा भोली देखि लिएर शिवरात्रीको दिन सम्म मनोरञ्जन प्रदान गर्ने भएको हुँदा पुरातात्विक पतौरा शिव मन्दीरको दर्शन गर्न समस्त भक्तजनहरुलाई मौलापुरमा भ्रमण गरी धार्मिक रसपान गर्न कार्यकारी अधिकृत साहले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै