चन्द्रपुर (रौतहट), १६ फागुन । स्थानीय तह लागु भएपछि पालिकाको जनताहरुलाई बाहिर उपचार गराउन जान नपरोस भन्ने उद्देश्यबाट संचालनमा आएको अस्पतालहरुमा स्थानीय चिकित्सक आए देखिनै सर्बसाधारण जनताहरु सास्ती खेप्नु परेको छ ।
अस्पताल गाउँमै, चिकित्सक गाउँकै, उपचार गराउनेहरु स्थानीयहरु नै भएपनि सरकारी अस्पतालको मुहार फेरिएन उल्टै सेवाग्रही विरामीहरु झन् समस्यामा परेको हो । तर चन्द्रपुर सरकारी अस्पतालमा स्थानीय युवा डाक्टर भएर आए । डाक्टर मात्र हैन अस्पतालको प्रमुख नै स्थानीय युवा भएपछि अस्पतालबाट भरपुर सेवा पांउनु पर्ने हो तर अहिले चन्द्रपुरको सरकारी अस्पताल सुनसान जस्तै छ तर स्थानीय युवा चिकित्सक संन्दिप कुमार साह अस्पतालको प्रमुखका रुपमा बिराजमान रहेपनि जनताहरु सुविधा पाउन सकेको छैनन स्थानीयहरु गम्भीर आरोप लगाएका छन् ।
उनी सरकारी अस्पतालमा भन्दा निजी अस्पताल चहार्नमा खुशी मानी रहेका छन् । मानौ उनलाई सरकारी अस्पतालमा स्तर उन्नती भन्दा निजी अस्पतालको पैसा प्यारो छ । कुनै समय बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म उपचारको लागि लाइन बस्ने रौतहको चन्द्रनिगाहपुर अस्पतालमा अहिले बिरामी जान छाडेका छन । डा. अभिनन्दन श्रीवास्तब मेसु हुदा चन्द्रनिगाहपुर अस्पतालमा बिहान ९ बजे देखी बेलुका ७ बजे सम्म बिरामीहरु लाइन बसेर उपचार गराएर मात्रै घर फर्किने गरेका थिए ।
त्यति मात्रै नभएर बिहान ७ बजे देखी बेलुका ८ बजे सम्म पनि डा. श्रीवास्तबले सेवा दिदै आएका थिए । अहिले सो अस्पतालमा बिरामीहरु जान छाडेका छन । अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नआउदा बिरामी अहिले बाध्य भएर उपचार गर्न बिरगंज, चितवन, काठमाडौ धाउन थालेका छन । केही बिरामी भने चन्द्रनिगाहपुरको निजी अस्पताल र क्लिनिकमा जाने गरेको छ ।
अहिले चन्द्रनिगाहपुर सरकारी अस्पतालको प्रमुखमा परिक्षार्थी डा. सन्दिप कुमार साह रहेका छन । उनी प्राय निजी अस्पताल धाउन थालेपछि चन्द्रनिगाहपुर अस्पताल झन अस्तब्यस्त बनेको अस्पताल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष नरेश कुमार लामिछानेले बताए । अस्पतालको ब्यबस्थापन गर्ने पाटो गतिलो नहुदा अहिले सेवाग्राहीहरु नराम्रो मारमा परेको पुर्व अध्यक्ष लामिछानेको भनाइ रहेको छ ।
बढदो बजारीकरण तथा जनसंख्याको हिसाबले पनि चन्द्रनिगाहपुर अस्पताल झन ब्यबस्थीत हुनु पर्नेमा झन् अस्तब्यस्त हुनु दुखद पक्ष भएको उनको धारणा छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख तथा अस्पताल व्यावस्थापन समितिको अध्यक्ष रामचन्द्र चौधरीले उनकै पार्टीका केही मान्छेको दवाबमा डाक्टर साहलाइ हटाउन नसक्दा अस्पतालबाट सर्बसाधारणले समान्य सेवा समेत पाउन छाडेका सरोकारवालाहरु बताउदै आएका छन ।
तीन बर्ष देखी सो अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रदा समेत एक्सरे मेशिन बनाउने वा नया खरिद गर्ने भन्ने बिषयमा डाक्टर साहले चासो नदिएको आरोप छ । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा निशुल्क सेवा लिन आउनेहरुलाई एक्सरे, ल्याव ,अल्ट्रासाउण्ड लगायतका उपकरणको अभाव खेप्नु परेको छ ।
सरकारी अस्पतालमा सुत्केरी गराउन आउनेलाई अस्पतालका कर्मचारी चन्द्रनिगाहपुरका निजी अस्पतालमा सुत्केरी गराउन पठाउने र राज्यले सरकारी अस्पताल सुत्केरी गराउन आउनेलाई दिने गरेको न्यानो कपडा र नगद समेत कर्मचारीले हिनामिना गर्ने उनीहरुको आरोप छ ।
अस्पतालका कर्मचारी र केही डाक्टरको कुरा मान्ने हो भने सरकारी अस्पतालमा कुनै प्रकारको सेवानै छैनन् । त्यसमा अस्पताल व्यवस्थापन समिति चुकेको उनीहरुको भनाइ रहेको छ । डाक्टर साह र एक सिंह थरका प्रशिक्षार्थि डाक्टर चन्द्रपुर नगरपालिकाका स्थानीय नै हुन । एक जना प्रशिक्षार्थि डाक्टर बाहिरी जिल्लाका हुन ।
चन्द्रपुर नगरपालिकाको कारण अस्पतालको अवस्था नाजुक बनेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा आलोक कोईरालाको भनाइ रहेको छ । अस्पतालमा रहेका जनशक्तिलाई नगरपालिकाले काम लगाउन नसकेका कारण सरकारी अस्पातलबाट स्थानीयले समान्य उपचार पाउन नसकेको उनको ठम्याइ रहेको छ ।