विकास पुरुष प्रभु साहलाई शहरी विकास मन्त्रीमा न्युक्त हुँदा तराईमा हर्षौल्यास

   १० पुष २०७७, शुक्रबार २१:१६  

रौतहट, १० पृस । तराईमा विकास पुरुषको रुपमा चिरपरिचित अभिनेता तथा सर्वहारा वर्गको उत्थानको पथमा सधै समर्पित रहेर अघि बढेन अगुवा प्रभु साहलाई केपी ओलीको सरकारमा शहरी विकास मन्त्रीको रुपमा मन्त्री बनाइदा रौतहटबासी गौर्वान्वीत महसुस गरेको छ ।
जनयुद्ध काल देखि सर्वहारा वर्गको लागि समर्पित भई गरिव निमुखा जनताको हितमा काम गर्ने नेताको रुपमा ख्याती पाएको गरिव किसानको छोरा एवं तराईको समुदायको समुदायमा हुर्केका ठिटालाई ओलीले शहरी विकास मन्त्री बनाएर सुनमा सुगन्ध थपिएको महसुस तराईका जनताहरुले महसुस गरिरहेको छ ।
बाल्यकाल देखि नै आफनौ सवै सौख र सबै कार्य जनता माथि न्यौछावर गरेका युवा नेता साह माथि विभिन्न षड्यन्त्रहरु रचिए तर प्रतिभाशाली साह कसैको षड्यन्त्रमा नफसी रौतहट र तराई बासीको हितमा सधै आफना सार्थक कदमहरु विरोधका बावजुध पनि कायम राखेर आज विघटित केपी ओलीको सरकारमा शहरी विकास मन्त्री बन्दा रौतहटबासी गौरवान्ति महसुस गरेका छन् ।
मुलुकमा उत्पन्न असहज परिस्थितिमा युवा नेता साहलाई शहरी विकास मन्त्री बनाएर केपी ओली ठूलो गुण रौतहटबासीलाई लगाएको महसुस गर्दै रौतहटको सबै भन्दा उपेक्षित क्षेत्र ३ नम्वरमा विकासको अवस्था हेर्दा प्रभु साहले गरेको विकासलाई हेर्दा गुटको अध्यक्ष बनेका माधवनेपाल भन्दा कयौं गुण बढि विकास गरेको आज रौतहटको जनताकोमा मनमा जिज्ञासा छ । तर के गर्ने माधव नेपालको नामबाट केही हुँदैन, विकासको नाममा क्षेत्र नम्वर १ का अवस्था राणाकालिन भन्दा कम छ्रैन तर क्षेत्र नम्वर ३ को विकास हेर्दा २१ औं शताब्दीमा विकासको लहर उक्त क्षेत्रमा छाएको छ । जनतालाई विकास चाहियो, नकी तानाशाह चाहियो । प्रभु साह जस्तो विकास प्रेमीलाई शहरी विकास मन्त्री बनाएर तराई क्षेत्रलाई स्वर्ग बनाउने काम गरेकोमा तराइ टपले धन्यवाद सहित देश र जनता प्रति केपी ओलीले देखाएको समर्पणको सधै मूल्याँकन गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै