चीन सामु घुडा नटेकी प्रधानमन्त्री देउवा एमसीसी पास गराउन सफल हुदै अन्तर्राष्ट्रिय छवि उच्च बनाए

305 Shares

अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता आइतबार प्रतिनिधिसभाबाट पारित भयो । सत्ता साझेदार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न तयार भएका थिए ।

२०१९ जुलाईमा संसदमा दर्ता भएको सम्झौता अनुमोदन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आन्तरिक राजनीतिमा एक परिपक्व नेता र अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो विश्वसनीयता लाई बढाउन सफल भएका छन् ।

उनले फागुन १६ को डेडलाइन कट्न नदिएर जस्तोसुकै परिस्थितिमा पनि आफूलाई वचनको पक्का सावित गरे भने एमसीसीकै कारण धरमराएको सत्ता गठबन्धन पनि जोगाए । चीनको दबाब, प्रभाव तथा सदभावमा एमसीसीको विरोधमा निर्णायक समयसम्म अडान राखेका माओवादी केन्द्र र एकीकृत समाजवादी अन्तिममा सहमतिमा आउनुको विकल्प थिएन ।

किनकि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग समानान्तर छलफल चलाइरहेका छन् । एमसीसीका अनुमोदन गर्न देउवा गठबन्धन तोड्न पनि तयार थिए ।

शनिबार अबेर राति कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले व्याख्यात्मक घोषणाका साथ सम्झौता पारित गर्ने सहमति गरे । आइतबार विहान माओवादी केन्द्रले अनुमोदन गर्ने निर्णय गरयो । एकीकृत समाजवादी पनि अनुमोदनको पक्षमा पुग्यो । मन्त्रिपरिषद बैठकले १२ बुँदे व्याख्यात्मक घोषणापत्र पारित गरेर संसदमा पेश गर्यो ।

एमसीसी अनुदान सहायता नेपालको विद्युत प्रसारण लाइन र सडक निर्माणमा ५ सय अमेरिकी डलर सहयोग हो । नेपालका जलविद्युत आयोजना रहेको ठाउँमा अन्तरदेशीय प्रसारण लाइन रहेको र त्यसले समयमै भारतमा बिजुली निर्यात गर्न सक्ने यस विषयमा जानकार ब्यक्तिहरु बताउँछन् ।

आयोजनाहरू मुख्यतया नेपाली ठेकेदार र कामदारले सञ्चालन गर्नेछन्, जसले गर्दा स्थानीय व्यापार र रोजगारी सृजना हुनेछ । तर यसमा भ्रम सिर्जना गरेर भाड्ने प्रयास चिनियाँ सदभाव, दबाब र प्रभावमा भयो ।

कम्युनिस्ट नेताहरु, एमसीसीबारे जानकार भए पनि चीनमा राजदूत भइसकेकाले चिनियाँ भाषा बोलेर भ्रम फैलाउने पूर्वमुख्यसचिव तथा राजदूत, सामाजिक अभियन्ता, कुटनीतिज्ञहरु, चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका अधिकारीहरु निरन्तर सक्रिय भएका थिए ।

तर यी सबै चिनियाँ अवरोध र भ्रमलाई निवारण गर्दै, चिनियाँ अस्वभाविक दबाबको सामना गर्दै सत्ता गठबन्धनका नेताहरुलाई सहमतिमा ल्याउँदै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गराए ।

संसदीय प्रक्रियामा प्रत्यक्ष भाग लिनेबाहेक उभिएर एमाले साक्षी बसेकाले राष्ट्रिय सहमतिमै देउवाले एमसीसी पारित गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता बढाउन सफल भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।