नेपालको आन्तरिक मामिलामा चिनियाँले किन ताकझाक गर्छन तथा वेइजिंगले पटक पटक किन गर्छन् पत्रकार सम्मेलन

325 Shares

नेपालको संसदबाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित  हुने बित्तिकै चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएर पत्रकार सम्मेलन गरेको छ । पटक पटक एमसीसी विषयमा चीनले किन पत्रकार सम्मेलन गर्ने गरेको कुरा रहस्यमय बनेको छ । हुम्लामा सिमा मिचेको विषयमा कहिले न बोल्ने चीन अहिले पत्रकार सम्मेलन गर्दै नेपालमा असल मित्र बन्ने कोसिस गरि रहेको हो ।

सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रुपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटोमा समर्थन गर्ने बताएको हो । यति बेला एमसीसी बारेमा खुलेर बोल्ने चीन नेपालको आन्तरिक मामिलामा चासो लिएको हो । चीनले नेपाल सङ गरेको बिआररआई  बारेमा जनतालाई चासो भए पनि त्यस बारेमा चीनले मुख खोलेको छैन ? नेपाली जनतालाई त्यो सम्झौता बारेमा चीनले प्रष्ट पार्न आवश्यक छ ।

प्रतिनिधिसभाले एमसीसी सम्झौता अनुमोदन गर्दै व्याख्यात्मक घोषणा पत्र सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने विषयमा चीनले बारम्बार जोड दिने गरेको उल्लेख गर्दै आएको छ ।

चीनले एमसीसीको सम्बन्ध बेइजिङबाट व्यक्त भएको यो तेस्रो प्रतिक्रिया हो भने नेपालको संसद्बाट एमसीसी पारित भएपछिको पहिलो प्रतिक्रिया हो । नेपालमा चीनले गरेको गतिविधि र चिनियाँ नागरिकको अपराधीक गतिविधि बारेमा कहिले पनि पत्रकार सम्मेलन न गर्ने चीन एमसीसी बारेमा खुलेर बिरोध भावना उत्पन्न गराएको बिभिन्न समाचारले उल्लेख गर्दै आएको हो ।

सम्बन्धित समाचार