खाना र खेतीपाती कार्यक्रम चन्द्रपुरमा सुरु

   १८ फाल्गुन २०७८, बुधबार १२:१२  

चन्द्रपुर(रौतहट), १८ फागुन । ´खाना र खेतीपाती` समसामयिक सवालहरुमा संचारकर्मी संग दुई दिने छलफल कार्यक्रम चन्द्रपुरको गौतम होटेलमा बुधवार देखि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ र खाद्य को लागि कृषि अभियानद्वारा संचालित दुई दिने छलफल कार्यक्रममा कृषि विज्ञ उद्धव अधिकारी, कृष्णप्रसाद पौडेलले खाना र खेतीपाती सम्बन्धि प्रकाश पारे ।
उक्त कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले तराई मधेशमा कृषिको अवस्था, विउविजनको समस्या, कृषि क्षेत्रमा देखिएको विसंगतिलाई कसरी निर्मुल पार्ने विषयमा संचारकर्मीहरु कसरी रिपोर्टिङ गर्ने सन्दर्भमा प्रकाश पार्नु भयो । कार्यक्रममा २५ जना पत्रकार हरुको उपस्थिति रहेको आयोजकले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै