341
Shares
कटहरिया, १८ फागुन । रौतहटको कटहरियामा करेन्ट लागेर बुधबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया नगरपालिका २ हंथियाहीका ६२ वर्षीय हरिनारायण राउत बरै रहेकाे हो ।
बुधबार बिहान करिब साढे ७ बजेतिर आफ्नै मकैबारीमा मोटरबाट पानी पटाउने क्रममा नाङ्गो तार छुदाँ बरैको घटनास्थलमै मृत्यु भएको स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवले जानकारी दिए ।
मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरमा लपेटिएको तार देब्रे हातले सिधा पार्न खोज्ने क्रममा तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेको असई यादवले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन