zoom messenger download zoom app for window zoom metting download zoom cloud meetings download for pc zoom download windows app why is zoom not installing on my laptop - why is zoom not installing on my laptop

रौतहटको वन क्षेत्रमा पाटे बाघको शिकार बने घरपालुवा जनावर

   ११ पुष २०७७, शनिबार १५:२०  

रौतहट, ११ पुस । पुर्व पश्चिम राजमार्ग भन्दा उत्तर तर्फ चुरे संग जोडिएका सामुदायिक वनमा जंगली बाघ देखा पर्न थालेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार अन्र्तगत पर्ने पहाडी फेदीको नमोबुद्ध सामुदायिक वन क्षेत्रमा पाटे बाघको शिकार घरपालुवा गाई भएको नमोबुद्ध सामुदायिक वनका अध्यक्ष सन्त बहादुर पाख्रिनले जानकारी दिए । सो सामुदायिक वन क्षेत्रमा गत बुधबार स्थानियको गाइ हराएपछि खोज्ने क्रममा शनिबार गाईको सम्पुर्ण भाग खाइसकेको केही खुट्््टा मात्र बाकी रहेको अबस्थामा फेला परेको पाख्र्रिनले बताए ।
वन क्षेत्रमा बाघ घुमिरहेको हुनाले सामुदायिक वन तथा घना जंगलको क्षेत्रमा स्थानीयहरु विना कामको नजान सुझाव दिदै यदी जानै पर्ने अवस्थामा आएमा चनाखो भएर साथिहरु संग जान सम्पूर्ण उपभोक्ताहरु संग अपिल गरे ।
पछिल्लो समय रौतहटमा रहेका राष्ट्रिय वनहरु समुदायमा हस्तान्तरण भएपछि ति वनहरु बाक्लीएका कारण जंगली जनावरहरुको वास स्थानको रोजाइ बन्दै गएको छ । यस क्षेत्रका वनमा रहेका बन्यजन्तुहरुको संरक्षणतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा स्थानियले सुझाव दिएका छन ।
यस अघि असोज महिनाको १३ गते चन्द्रपुर नपा ६ का २७ बर्षिय भण्डारी घरबाट रंगपुर साझेदारी वनमा घास लिन गएका थिए तर साझ अबेर सम्म घर नफर्किदा उनको खोजतलासमा गएका स्थानीय गाउँलेहरु माथि बाघले आक्रमण गर्दा २ जना युवक घाईते भएको थियो । बाघले आक्रमण गरेपछि राति खोलतलासको कम बन्द गरेर घाईते दुवै युवकलाई चन्द्रपुर अस्पतालमा उपचारको लागि ल्याइएको थियो ।
हराईरहेका युवक भण्डारीको भोली पल्ट विहानै प्रहरी संगै स्थानीयहरु खोजतलास गर्दै जाँदा पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमहा जंगलको ४ किलोमिटर दक्षिणमा तिलधारे धाराको जंगलमा बाघले आधा शरिर खाएर घिसार्दै गरको अवस्थामा शब फेला परेपछि रौतहटको वन क्षेत्रमा बाघ सहितको बन्यजन्तुहरु रहेका हुँदा अनाधिकृत रुपमा वन क्षेत्रमा प्रवेश नगर्न डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले सर्वसाधारण जनताहरुलाई पटक पटक लिखित रुपमा सुचना प्रकाशन गरेर जानकारी गराइएको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै