cloud zoom js download zoom download browser zoom meeting join a meeting zoom app pros and cons zoom client meetings download

ग्याल्पो ल्होसारको अवसरमा विहिवार सार्वजनिक विदा

   १८ फाल्गुन २०७८, बुधबार १६:२२  

रौतहट, १८ फागुन । सरकारले विहिवार फागुन १९ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपाल सरकारको फागुन १६ गते बसेको मन्त्रीपरिषदको बैठकबाट फागुन १९ गते ग्याल्पो ल्होसारको अवसरमा देशभरी विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने” मन्त्रिपरिषद्को मिति २०७८÷११÷१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै