do i have to download zoom to join meeting download zoom microsoft drag zoom pro download zoom app hipaa compliant zoominfo stock - zoominfo stock download zoom pc windows

चिनियाँ अस्वभाविक कुटनैतिक चपेटामा नेपाल

   १९ फाल्गुन २०७८, बिहीबार ११:२८  

चिनले अन्तरास्ट्रिय मामिला र नेपाल  सम्बन्धमा आफ्नो आक्रमक कुटनिती अबलम्बन गरेको छ।एम सि सि परियोजना र नेपालमा भैरहेको कम्युनिस्ट पार्टी  हरुको पुनर्मिलन सम्बन्धमा चिनले आक्रमक हस्तक्षेपको नितिलाइ अबलम्बन गरेको छ ।

अमेरिकी सहाएता परियोजना एम सि सि अनुमोदनका विषयमा राजनैतिक दलहरु बिच गम्भीर मतभेद रहेको बेला नै चीन एम सि सी को बिरोधमा खुलेर आफ्नो राय हरु ब्यक्त गरिरहेको छ।चिनले नेपाल सम्बन्धमा जबर्जस्ति कुटनीति को आक्रमक शैली लाई संकेत गरिरहेको छ। चिनको बेइजिङ मा चिनियाँ बिदेस मन्त्रालय द्वारा नेपाल सम्बन्धी गरिएका पत्रकार सम्मेलन हरुले के देखाउछ भने चीन नेपालमा आफ्नो बिदेस नितिमा कुनै परिवर्तन नगरी नेपालमा एक क्षत्र आफ्ना मुद्दा हरुलाइ कुटनैतिक तरिकाले लाद्न खोजिरहेको छ।

ब्याङ्यात्मक अभिब्यक्ती र कडा आक्रोश ब्यक्त गर्दै नेपालको अरु मुलुक सङको सम्बन्ध र सहयोग सम्बन्धि गतिविधि मा रोक लगाउने र नेपाललाई चीन केन्द्रित बनाउने रणनीतिमा रहेको छ यसमा उस्ले कम्युनिस्ट बाम नेता हरुलाइ दबाब सिर्जना गरिरहेको छ।एम सि सि परियोजना नेपालमा लागू भएमा त्यस्को असर आफुलाइ पर्ने डरले चिनले नेपालमा आक्रमक कुटनिती अख्तियार गरिरहेको छ जुन नेपाल र यहाका राजनैतिक दलका लागि गम्भीर र संबेदनसिल विषय बनेको छ।पछिल्ला केही बर्ष हरु देखि चीन नेपालमा हाबी भएर गयको देखिन्छ।

नेपालको कुनै पनि आन्तरिक मामिलामा चिनले गर्ने गरेको बिस्लेसण गैर कुटनैतिक र आपत्ती जनक रहदै आइरहेको छ।चीन अन्तरास्ट्रिय सम्बन्ध मा आक्रमक रुपमा प्रस्तुत हुँदै नेपाल प्रति पनि चिनले त्यही नीति अबलम्बन गर्दै आइरहेको छ यो सरासर नेपालमाथीको कुटनैतिक हस्ताक्षेप हो।नेपाल नितिमा मुखर देखिदै आएको चीन अब आक्रमक हस्ताक्षेपकारि भुमिकामा प्रकट हुन थाल्नु सामान्य कुरा हैन।हाल आएर एम सि सि परियोजनाको विषय मा हरेक पटक चिनको बिदेस नीति बनाउने भुमिका खेल्ने चिनियाँ कम्युनिस्ट पार्टीको बिदेस बिभागका नेता हरुले आफ्नो चासो लाई  बढाउदै लागि रहेका छन।एम सि सि को कार्यनयन मा भैरहेको राजनीतिक अवरोधमा चिनको नै मुख्य भुमिका रहदै आइ रहेको छ।

चीनिया कम्युनिस्ट पार्टीका नेता हरुले नेपालका कम्युनिस्ट पार्टीका नेता हरु सङ गरेका भर्चुअल कुराकानिले यसमा चिनको प्रत्यक्ष सम्लग्नता रहेको पुष्टि हुन्छ।चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरास्ट्रिय बिभागका मन्त्री सोङ ताबले एमाले अध्यक्ष के पि शर्मा ओलि सङ भर्चुअल बैठक गरे एस बैठकमा उनले एम सि सि कार्यनयन रोक्नु पर्ने र सक्रुय राजनीतिमा रहेका कम्युनिस्ट पार्टी बिचमा कार्यगत एकता गर्ने दबाब दिएका थिए।

नेपालीमा चीनिया स्वार्थलाई असर गर्ने कुनै पनि क्रियाकलाप नगर्न घुमाउरो पाराले चेतावनी समेत दिए।उनै मन्त्री सोङ ताब ले केही समय अघि मावोबादि केन्द्रका अध्यक्ष प्रचण्ड सङको कुराकानीमा पनि कम्युनिस्ट पार्टी बिचको एकता र एम सि सि संसद बाट अनुमोदन नगर्न दबाब दिएका थिए।चिनको नेपाल प्रतिको दबाबले राजनैतिक पार्टी बिचको ध्रुवीकरण बढेर गरेको छ।नेपालले कुनै पनि अन्तरास्ट्रिय सम्बन्ध या आर्थिक साहायता सम्बन्धि निर्णय आफै गर्ने हो यसमा चिनको दबाब स्विकार्य हुदैन।अरु मुलुक सङ को आर्थिक साहायतामा चिनले ससन्कित हुन जरुरी छैन यो नेपालले आफुले निर्णय गर्ने कुरा हो।त्यसैले नेपालले चिनको रणनीति अनुसार नभइ रास्ट्रिय हितलाइ मध्यनजर गरि सुझबुझ पुर्ण कुटनितिक तयारी र सचेतना पुर्बक रास्ट्रिय हितका सम्बन्ध लाई अगाडी बढाउन पर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै