zoom download free laptop windows 10 - zoom download free laptop windows 10 zoom app join meeting zoom meeting joining 2012 - zoom meeting joining 2012 do i have to download zoom to use it zoom meeting join a meeting today online - zoom meeting join a meeting today online why pcr test takes long time

सभापति पदको लागि हृदय र सुनिलले मनोनयन पत्र दर्ता गराए

   १९ फाल्गुन २०७८, बिहीबार २०:४५  

रौतहट, १९ फागुन । नेपाली काँग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशनको लागि विहिवार जिल्ला सभापति पदमा दुई जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।
एक सभापति पदाको लागि हृदयनारायण यादव र सुनिलकुमार यादव (जितेन्द्र) ले मनोनयन पत्र दर्ता गराएका हुन् । सभापति सहित विभिन्न पदहरुमा युवाहरु उत्साहपूर्वक मनोनयन पत्र आज दर्ता गराएको छ ।
सभापति पदको उम्मेदवार हृदयनारायण यादव प्यानलबाट उपसभापति पदमा मोहम्मद महताव आलम, विनोद गुप्ता र सुनिल यादव प्यानलबाट धिरेन्द्र कुमार सिंह, रामलोचन प्रसाद कलवारले मनोनयन दर्ता गराएको हो ।
यसैगरी सचिवमा उपेन्द्र यादव, रामचन्द्र गिरी, सुमन गौतम, राजेशकुमार चौधरी र सुबास कोइराला तथा उप सचिवमा धर्मेन्द्र प्रसाद, माजिद अलि (बच्च बाबु), मोहम्मद फिरोज आलम र सिकेन्द्र प्रसाद पटेल उम्मेदवारी दिएका छन् ।
एक जना सभापति सहित ९६ पदको लागि निर्वाचन शनिवार हुनेछ । २ हजार ५९० मतदाता रहेको नेपाली काँग्रेस रौतहटको आउदो शनिवार जुद्ध माध्यमिक विद्यालय गौरको प्रांगनमा विहान ९ बजे देखि ५ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै