zoom download for laptop windows 10 64 bit do i have to download zoom on my computer download zoom versi terbaru untuk pc zoom 2020 download zoom download for school zoom login uk online meeting download zoom software for windows 10

आन्तरिक विवादको कारण १४ औं जिल्ला अधिवेशनको मतदान स्थगन

   २१ फाल्गुन २०७८, शनिबार १९:०२  

रौतहट, २१ फागुन । नेपाली काँग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशनको क्रममा आन्तरिक विवादको कारण जिल्ला अधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ ।
जिल्ला अधिवेशनमा सभापति सहित विभिन्न पदमा उम्मेदवारी दिएका ९७ जना सदस्यको लागि शनिवार विहान ९ बजे देखि मतदान हुने समय निर्धारण गरिएका थिए । विहानै देखि मतदाताहरु जुद्ध माध्यमिक विद्यालयमा पंत्तिबद्ध भएर बसेपनि दिउसो २ बजे सम्म मतदान सुरु भएन । रौतहट क्षेत्र नम्वर ३ का मतदाताहरुलाई मतदाता परिचय पत्र नदिदा विवाद उत्पन्न भए ।
नागरिकताको आधारमा मतादन गराउन एक पक्ष अडिग भएपनि अर्को पक्ष मतदाता परिचय पत्र विना मतदान हुँदा धाँधली हुन्छ भन्दै विरोध जनाएपछि मतदान अधिकृतले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि मतदान प्रक्रिया स्थगन गरेको सुचना टाँच गरेपछि मतादाताहरु घर फर्किएको थियो ।
सचिवको उम्मेदवार रामचन्द्र गिरीले सभापतिको उम्मेदवार सुनिल यादव समुहले क्षेत्र नम्वर ३ को मतदाताहरुको एकलौटी रुपमा आफनो पक्षमा मतदान गराउन परिचय पत्र वितरण नगरेको गम्भीर आरोप लगाए । नागरिकताको आधारमा फर्जी मतदान गराएर ति पक्ष जित्ने मानसिक्तामा रहेको हुँदा स्थगन बाहेकको अर्को कुनै विकल्प नरहेको उनले स्पष्ट पारे ।
यस्तै राजपुर नगरपालिकाको मेयर शेख शकिलले संस्थापन पक्षको एकाधिकारको कारण आजको मतदान स्थगत गरिएको आरोप लगाए । मतदान गर्न आउने मतदाताहरु अनिवार्य रुपमा मतदाता परिचय पत्र बोकेर आउनुपर्ने प्रावधान भएपनि धाँधली गर्ने उद्देश्यबाट गरिएको अप्रजातान्त्रिक शैलीको घोर निन्दा गर्दै चाँडै निर्वाचन गराउनुपर्ने उनले जोड दिए ।


यता सभापति पदको उम्मेदवार सुनिल यादवको भाई ज्ञानेन्द्र यादवले इतर पक्ष पराजित भईरहदा विभिन्न हथकण्डा अपनाउदै आजको निर्वाचन प्रक्रियामा अवरोध सृजना गर्दा बाध्य भई निर्वाचन अधिकृतले मतदान प्रक्रिया स्थगन गरेको बताए । प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक प्रक्रिया अपनाउदा त्यसबाट भाग्ने मानिसहरुको चरित्रहरु उदांगो भएको हुँदा आउदो समयमा निर्वाचन हुँदा उनीहरुको पराजय सुनिश्चित भएको स्पष्ढट पारे ।
यस विषयमा नेपाली काँग्रेसको पूर्व जिल्ला सभापति एवं मधेश प्रदेशको सभापति कृष्णप्रसाद यादवले आन्तरिक प्राविधिक कमजोरीको कारण स्थगन भएको तर निर्वाचन गराउन दुवै पक्ष विच छलफल जारी रहेको सहमती पछि चाँडै निर्वाचनको मिति तोकिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै