प्रेस चौतारी नेपालको मधेश प्रदेशको अध्यक्षमा महत र महासचिवमा श्रेष्ठ निर्वाचित

रौतहट, २१ फागुन । प्रेस चौतारी नेपालको मधेश प्रदेश अध्यक्षमा फणीदेव महत र महासचिवमा गौतम श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
रौतहटको चन्द्रपुरमा शनिवार भएको प्रादेशिक अधिवेशनमा सर्वसहमतीबाट अध्यक्षमा रौतहटबाट अन्नपूर्ण पोष्टका महत र रौतहटकै एभिन्यूजको श्रेष्ठ निर्वाचित भएको हो ।
अधिवेशनबाट निर्वाचित हुनु भएका महत र श्रेष्ठ सहितका सवै पदाधिकारीहरु एवं सदस्यहरुलाई तराई टपले हार्दिक स्वागत, बधाईको साथै अगामी दिनमा संचार क्षेत्रमा नयाँ क्रान्ति ल्याई मधेश प्रदेशको पत्रकारिता क्षेत्रलाई सबल एवं निष्पक्ष बनाउनु तथा सुखद कार्यकालको शुभकामना छ ।