नेपाली काँग्रेस रौतहटको पदाधिकारी चयनको लागि सोमवार मतदान हुने

रौतहट, २२ फागुन । प्राविधिक कठिनाईको कारण स्थगन भएको नेपाली काँग्रेस रौतहटको १४ जिल्ला अधिवेशन फागुन २३ गते सोमवारको दिन हुने भएको छ ।
जुद्ध माध्यमिक विद्यालयमा शनिवार प्राविधिक कठिनाईको कारण मतदानलाई निर्वाचन समितिले स्थगन गर्नु परेका थिए । तर सभापतिको उम्मेदवार हृदयनारायण यादव र सुनिलकुमार यादव पक्ष विच शनिवार राति छलफल एवं सहमतीको आधारमा फागुन २३ गते सोमवारको दिन मतदान गराउने मिति निर्धारण गरिएको हो ।
सोमवार विहान साढे ८ बजे देखि जुद्ध माध्यमिक विद्यालय गौरमा मतदान हुने नेपाली काँग्रेस निर्वाचन समितिले जनाएका छन् ।