संसद भंग गरेर अर्लि इलेक्सनमा जाने संकेत दिए ः समावादी अध्यक्ष माधवकुमार नेपाल

   २२ फाल्गुन २०७८, आईतवार १५:४२  

काठमाडौं, २२ फागुन । अर्लि इलेक्सनको सम्भावनालाई नकार्न नसकिने अभिव्यक्ति नेकपा एकिकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले दिएको छ ।
संघिय संसद भवन नयाँ बानेश्वरबाट आईतवार बाहिरिदै गर्दा संचारकर्मीहरुको प्रश्नको जवाफ दिदै उनले भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डाको परमपराको कति सम्म संसदले सामना गर्नुपर्छ, सबै समस्याको हल संसद भंग गर्नुपर्ने विकल्प मात्रै रहेको प्रतिक्रिया दिएको हो ।
एकातिर “हाउस चल्न पनि नदिने, कुनै गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामी सहितका साँसदहरुलाई पनि हैरान पार्ने” अध्यक्ष नेपालले भने, “त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जानु बाहेक अन्य कुनै विकल्प रहन सक्दैनन” उनले भने ।
भदौ २३ देखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गर्दै आएको छ ।
केही दिनअघि सत्तारुढ गठबन्धनक विचको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो । अर्लि इलेक्सन भएमा वैशाख ३० को स्थानीय निर्वाचन अगाडि नै हुन्छ कि पछाडि भन्ने पत्रकारहरुको जिज्ञासामा नेता नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै