भारतीय सहयोगमा नेपाल प्रहरीको बहुउद्देश्यीय भवनको निर्माण

   २३ फाल्गुन २०७८, सोमबार ०७:४९  

काठमाडौँ । भारत सरकारको सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरी विद्यालयको बहुद्देश्यीय हल, छात्रावास र शिक्षक भवन निर्माण भएको छ । ती भवनहरूको भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उद्घाटन गरेका छन ।

‘यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट–७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो,’ भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा छ ।
कैलालीमा निर्मित ती नयाँ भवनहरूको कुल लागत ४ करोड २२ लाख ६० हजार नेपाली रुपैंया रहेको दूतावासले जनाएको छ । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थी अध्ययनरत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै