आन्तरिक विवादको कारण नेपाली काँग्रेस सर्लाहीको मतदान स्थगित

   २३ फाल्गुन २०७८, सोमबार १५:०९  

सर्लाही, २३ फागुन । नेपाल काँग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशन अन्तर्गत सोमवार निर्धारण गरिएको निर्वाचन आन्तरिक विवादको कारण स्थगित भएको छ ।

नेपाली कांग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशन अन्तर्गत आज सोमबार नयाँ नेतृत्व चयन गर्न मतदानको मिति निर्धारण गरिएका थिए ।
मतदान सम्बन्धि आचार सहिंता लगायतको विषयमा दुई पक्षबीच छलफलको क्रममा विवाद उत्पन्न हुदा आज हुने भनिएको निर्वाचन स्थगित गरिएको सहायक मतदान अधिकृत धीरेन्द्र चौधरीले जानकारी दिए ।

नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षको प्यानलबाट सुरेन्द्र प्रसाद सिंह र इतर पक्षबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा उत्रिएको छ ।
सर्लाहीको मलंगवा स्थित पब्लिक माध्यमिक विद्यालयमा आज बिहान ९ बजेदेखि नै मतदान गर्न कार्यकर्ताहरु लाईनमा सबेका थिए । तर निर्वाचन समितिले दिउँसो करिब १ बजे सूचना टाँस गरेर चुनाव स्थगित गरेपछि उनीहरु घर फर्किन बाध्य भएका छन् ।

सर्लाहीको २० वटा पालिकाको दुई सय वडाबाट छानिएर आएका ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि सहितको मतदाताहरु आज निराश भएर घर फर्कनु परेको छ ।
पदाधिकारी सहित जिल्ला कार्यसमितिको ९३ पदकाे लागि चुनाव हुने जनाईएको छ । दुवै पक्षका नेताहरु मतदातालाई आ–आफ्नो पक्षमा पार्न प्रयासमा लागेका छन् ।

सर्लाहीका सासद एवं युवा नेता अमरेश सिहले संस्थापन पक्ष भनाउनेहरुको गलत क्रियाकलाप को कारण आजको मतदान स्थगित भएको गम्भीर आरोप लगाए । विरेन्द्र सिहको सत्ताबादी रणनीतिको सिकार सर्लाही नेपाली काँग्रेसले चुकाउनु परेका छन्, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै