पत्रकार पुरीद्धारा वंशीराम अनाथालयलाई सिरक हस्तान्तरण

732 Shares

रौतहट, ११ पुस । अनाथ एवं अभिभावकविहन बालबालिकाहरुलाई चिसो छल्नको लागि कान्तिपुरकर्मी एवं समाजसेवी पत्रकार शिवबहादुर पुरीद्धारा वंशीराम अनाथालयमा शनिवार सिरक वितरण गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नं ४ घर भएका पत्रकार पुरीले अनाथलयमा बस्ने बालबालिकाहरुका लागि १६ थान सिरक वितरण गरेको हो । तराईमधेशमा बढदै गएको चिसोबाट अनाथ बालबालिकालाई न्यानो महसुस होस् भन्ने उद्देश्यका साथ उनले अनाथालयमा सिरक सहयोग गरेको बताएइएको छ ।
जाडोबाट पिडित बनेका करिब ३३ जना बालबालिकाहरुलाई सिरक सहयोग गरिएको जानकारी दिदै पत्रकार पुरीले बिगत लामो समयदेखि अनाथलय लगायत बिभिन्न मठ मन्दिर तथा गरिब विपन्न परिवारलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार