नेपालको ठूलठूला परियोजनामा भारतीय लगानी गर्न नेभा उद्योग वाणिज्य संघको उपाध्यक्ष सुनिल केसीको आग्रह

   २४ फाल्गुन २०७८, मंगलवार १५:३५  

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश मामिला प्रमुख डा विजय चौथाइवालेसँग नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले दिल्लीमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा नेपालको ऊर्जा, अन्तरदेशीय विद्युत प्रसारणलाइन लगायत पूर्वाधार क्षेत्रमा एएए मोडलमा भारतीय लगानी वृद्धि गरी नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढ बनाउने विषयमा वृहत् छलफल भएको संघले जनाएको छ।

भेटमा केसीले नेपालका ठूला परियोजनाहरुमा ठूलो लगानीको आवश्यक हुने भएको त्यस्ता परियोजनाहरुमा नेपाल र भारत दुवै देशका नीजी क्षेत्रका लगानीकर्ताहरुलाई संलग्न बनाउनुपर्ने बताए।

ठूला परियोजनाहरूमा अघि बढ्न आवश्यक भएको बताउँदै त्यस्ता परियोजनाहरूमा भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नको लागी आवश्यक पहल गरिदिन आग्रह गरे।

साथै, उपाध्यक्ष केसीले नेपालमा नेपाल–भारत उद्यमशीलता केन्द्र स्थापना गरी उद्यमशिलताको विकासमा पनि सहयोग गर्न अनुरोध गरे। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै