रौतहट, २४ फागुन । नेपाली काँग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशनबाट सभापति पदमा सुनिलकुमार यादव (जितेन्द्र) ले प्रतिद्धन्दी उम्मेद वार हृदयनारायण यादवलाई पराजित गर्दै विजयी भएका छन् ।
मंगलवार विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणामबाट सभापति पदमा सुनिलले २०८ मतको फराकिलो अन्तरबाट विजयी भएको निर्वाचन समिति रौतहटले जनाएका हुन् ।
सुनिलले १३६२ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी हृदयनारायणले १०६४ मतमा नै चित्त बुझाउनु पर्यो । पहिलो संविधान सभा सदस्य समेत रहेका सुनिल संस्थापन पक्ष देउवार समुहको उम्मेदवार रहेको हो । सुनिल पक्षका एक जना सचिव छाडेर सबै प्यानलनै विजयी भएको बताइएको छ ।
दुई जना उपसभापतिमा धिरेन्द्रकुमार सिंहलाई १२८७ र रामलोचन प्रसाद कलवारलाई १३८३ मत प्राप्त हुँदा दुबै जना विजयी भए । दुइ जना सचिवमा राजेशकुमार चौधरी १३०९ र रामचन्द्र गिरीले ११४२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
सचिवमा निर्वाचित चौधरी सुनिलको प्यानलबाट र गिरी हृदयनारायणको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए दुबै जना विजयी भए । यता २ जना सहसचिव पदमा सुनिल यादव प्यानलबाटै मो. फिरोज आलम र सिकेन्द्र प्रसाद पटेल विजयी भएका छन् । आलमले १ हजार ३८३ र पटेलले १ हजार २४१ मत ल्याउन सफल भए ।
सुनिल प्यानलको विजयले रौतहटको नेपाली कांग्रेसमा नयाँ अनुहार र युवा जोश उत्साह बढाएको छ आउदो दिनहरुमा यही उत्साहलाई चुनावी परिणाममा देखिने नेपाली कांग्रेस मधेस प्रदेशको सभापति कृष्ण प्रसाद यदावले पहिलो प्रतिक्रिया दिए ।
आन्तरिक चुनावी प्रतिष्पर्धालाई विर्षेर पार्टीको हित एवं संगठनलाई बलियो बनाई आउदो दिनहरुमा स्थानीय, प्रदेश र संघिय निर्वाचनमा युवा जोशको साथ नेपाली काग्रेस एकजुट एवं एक ढिक्का भएर चुनावी परिणाम ल्याइ मधेश प्रदेशमा चार तारे झण्डा फहराउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचित भएपछि सभापति सुनिलले आफ्नो जित सम्पूर्ण युवा शक्तिको एवं नेपाली कांग्रेसको जित हो, चुनावी प्रतिष्पर्धालाई थाँती राखेर सबै जना पार्टीको हितमा एक ढिक्का भएर लागि रौतहटलाई काँग्रेसमय बनाउने दाबी गरे । उनले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं आउँदो स्थानिय तहको निर्वाचनमा जिल्लाको १८ वटै पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानको थालनी भइसकेको बचनबद्धता प्रकट गरे ।
गत शनिबारको लागि तय गरिएको निर्वाचन आन्तरिक विवादको कारण स्थगित भएपछि सोमबार जिल्ला सदरमुकाम गौर स्थित जुद्ध माविमा पदाधिकारी चयनको लागि मतदान भएको थियो । पदाधिकारीको मतगणना पश्चात अब जिल्ला सदस्यहरुको मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मीले जानकारी दिए ।