सामी परियोजना सम्बन्धी पत्रकार संग अन्तरक्रिया

   २४ फाल्गुन २०७८, मंगलवार १६:५६  

रौतहट, २४ फागुन । कामदारका रुपमा विदेश जाने महिला तथा पुरुषहरुलाई भाषा र सिप भएमा मात्रै विभिन्न झण्झटबाट मुक्ति पाउने विश्वासको साथ रौतहटमा सामी परियोजना सुरु भएको छ ।
भाषागत सिप अपरिहार्य भएको तथा ठगिनबाट जोगिन सक्ने उद्देश्यका साथ सुरक्षित आप्रवासन (सामी) परियोजना रौतहटको चार वटा पालिकामा काउन्सलिंगको कार्य गर्दै आएको हो ।
स्वीस र हेल्भेटास नेपालको सहयोगमा माण्डवीद्धारा संचालनमा ल्याइएको सुरक्षित आप्रवासन सामी परियोजना गौर, चन्द्रपुर, गरुडा नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेको हो ।
सुचना केन्द्र र विदेश जानेहरुको काउन्सलिंग तथा सुरक्षित रुपमा जान जनचेतना दिर्दै आएको छ । त्यसै विषय बस्तुमा आधारित भई माण्डवीद्धारा मंगलवार रौतहटको गरुडा नगरपाकिला स्थित आशिर्वाद गेष्टहाउसमा पत्रकार हरु संगको अन्तरक्रिया गरेका छन् ।
सामीको कार्यक्रम संयोजक अरबिन्द चौधरीले सुरक्षित रुपमा वैदेशिक रोजगारमा कसरी जाने, विदेशबाट फर्केका व्यक्तिहरु के गर्दैछन्, जोखिममा परेकाहरुको सन्दर्भ मा कसरी समाचार लेख्ने, समाचार माध्यममा बैदेशिक रोजगार सम्बन्धि स्थानहरु दिने उद्देश्यको साथ पत्रकार हरु संग अन्तरक्रिया गरिएको उनले स्पष्ट पारे ।
विदेशिएका युवाहरुको परिवारजनले के गर्दैछन्, कस्तो पिडा खेप्नु परेको छ, विदेशिएका युवाहरु ठगिको शिकार भएको त छैनन्, विदेशिएको श्रमिकको मुहार फेरिएको छ कि छैनन लगायतका विभिन्न समाचार स्थानीय पत्रपत्रिकाको साथै राष्ट्रिय मिडियामा सातामा एकपटक भएपनि प्रकाशन गरिदिदा धेरै सकारात्मक प्रभाव पर्ने छ उनले भने । संचारमाध्यम समाजको मेरुदण्ड भएको हुँदा बैदेशिक रोजगारलाई पृथक स्थान दिएमा मात्रै युवाहरु सकारात्मक सोचका साथ अघि बढ्ने विश्वास सामि परियोजना संयोजक चौधरीले व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै