zoom app information zoom client download for pc - zoom client download for pc join zoom meeting with id and passcode zoom download safe java zoom api download airpods mic not working with zoom windows 10 zoom pc download 32 bit

पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता

   २४ फाल्गुन २०७८, मंगलवार २३:१०  

कराँची । पाकिस्तानका प्रमुख विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको पाकिस्तानी न्यूज च्यानल जियो न्यूजले जनाएका हुन् ।

पाकिस्तानको संविधान अनुसार अविश्वासको प्रस्ताव पारित गर्न साधारण बहुमत चाहिन्छ ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३४२ सदस्य छन्। अर्थात् अविश्वासको प्रस्ताव पारित हुनको लागि त्यसको पक्षमा १७२ मत आवश्यक पर्छ । प्रस्तावलाई १७२ सदस्यको समर्थन प्राप्त भएमा इमरान खानले सत्ता छोड्नु पर्नेछ ।

इमरानको पार्टी पीटीआईको नेशनल एसेम्बलीमा १५५ सिट छ । उनको सरकार गठबन्धनका साझेदारहरूको समर्थनमा चलिरहेको छ । यीमध्ये अधिकांश दल सेनाको नजिक रहेको विश्वास गरिन्छ ।
पाकिस्तान मुस्लिम लिग कायदे-ए-आजम (पीएमएल-क्यू) र मुत्ताहिदा क्वामी मुभमेन्ट इमरान सरकारका प्रमुख सहयोगी हुन् । यी दलहरूले सार्वजनिक रूपमा इमरान सरकारलाई पर्याप्त सहयोग नदिएको आरोप लगाएका छन् ।

तर, यी गठबन्धनहरूले विपक्षीलाई समर्थन गर्ने सन्दर्भमा स्पष्ट संकेत भने नदिएको बताइएको छ । एकातिर उनीहरु इमरानलाई समर्थन फिर्ता नगर्ने आश्वासन दिइरहेका छन् भने अर्कोतर्फ विपक्षी दलको प्रस्तावलाई सकारात्मक संकेत पनि दिइरहेका छन् ।

विपक्षी गठबन्धनसँग १६२ सिट छ भने इमरान सरकार ढाल्न उनीहरुलाई केबल १० सिट आवश्यक छ । 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै