सशस्त्र प्रहरीद्धारा तस्करी हुदै गरेको अवस्थाबाट विश्वमै दुर्लभ मानिने सालक बरामद

   ११ पुष २०७७, शनिबार २०:१५  

सिरहा, ११ पुस । सिरहाको गोलबजारबाट विश्वमै दुर्लभ मानिएको अतिसंकटापन्ना स्तनधारी सालक सहित एक मोटरसाइकललाई सशस्त्र प्रहरीले बरामद गरेको छ ।
गोलबजार नयरपालिका वडा नम्वर २ लालपुर फतिंग्राबाट विश्वमै दुर्लभ मानिएको सालक लिएर मोटरसाइकलमा हिडेको विशेष सुचनाको आधारमा शस्त्र प्रहरीको वेस क्याम्प गोलबजार प्रहरी निरीक्षक सहितको टोलीले पछि गर्दै जादा मोटरसाइकल छाडी भएको र मोटरसाइकलमा राखिएको सामानलाई चेकजाँच गर्दा दुर्लभ सालक बरामद भएको हो


जिल्लाको चुरे क्षेत्रको आसपासबाट सालकको तस्करी हुन्छ भन्ने गोप्य सुचनाको आधारमा सशस्त्र प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएका थिए । सशस्त्र प्रहरीको बेश गोलबजारबाट असई रामअयोंध्या महतो र बरिष्ठ हबल्दार रामबिर मण्डल खटिएको टोलीलाई देखिनासाथ स.१०.प ३३३० नम्बरको मोटरसाईकलमा सवार व्यक्ती तिब्रगतिमा भाग्न थाल्दा सशस्त्र प्रहरीले पिछा गर्दै जाँदा तस्करीमा संलग्न व्यक्ती मोटरसाईकल छाडी भाग्न सफल भएको छ ।
बेस क्याम्पको प्रहरी निरिक्षक दिपक कोईरालाका अनुसार बरामद मोटरसाइकलको नम्वरबाट सवारी धनिलाई समातेपछि सबै पोल खुलिने विश्वास छ । सो नम्वरबाट बास्तविक धनीलाई पत्ता लगाउन स्थानिय प्रहरी, यातायात र डिभिजन वन कार्यालय संग समन्वयमा खाजी कार्य गरिने उनले जानकारी दिए । बरामद भएका वन्यजन्तु सालक सहित मोटरसाईकल आजै डिभिजन वन कार्यालय लाहानमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिपक कोइरालाले बताए ।
सालक संसारको सबै भन्दा बढी तस्करी हुने स्तनधारी जनावर हो । बिश्वमा औषत ५ मिनेटमा एक सालकको हत्या हुने गर्दछ । सालकको खपटा चिनी रोगको औषधी, फिङ्गर प्रिन्टको केमिकल र चिनमा पराम्परागत मासु औषधी बनाउन प्रयोग हुने र अन्तराष्ट्रिय बजारमा अत्याधिक माग हुने भएकोले यसको तस्करी बढी हुने गरेको विज्ञहरु बताउँछन् ।
त्यती मात्रै नभई बालीनालीको पहरेदार मानिने सालकले बर्षमा ७ करोड कमिला र किरा फट्याङ्ग्रा खान सक्छ । वन्यजन्तुको अवैध व्यापार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी (साईटिस) ले सालकको व्यपारलाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा दुर्लभ तथा संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसार पसार गर्ने व्यक्तीलाई ५ लाख रुपैया देखी १० लाख रुपैया सम्म जरिवाना वा ५ बर्ष देखी १५ बर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै