तिब्बती शरणार्थीहरुले पनि ल्होसार मनाए

विशेष प्रतिनिधी
चीनले तिब्बतलाई आफनो नियन्त्रणमा लिएको सात दशक बितिसक्दा पनि आफनो धर्म र संस्कृतिलाई यी तिब्बतीहरुले बिर्सन सकेका छैनन् । आफनो आफनो मातृ भूमिभन्दा टाढा विश्वका विभिन्न देश तथा शहरहरुमा शरणार्थीको जिवन बिताइरहेका यी तिबबतीहरु आफनो पर्व ल्होसारलाई मनाउदै आफनो धर्म संस्कृतिलाई जिवित राख्न हरसम्भव प्रयास गर्दे आएका हुन । तर आफनो घर परिवार तथा मातृ भूमिभन्दा ठाढा रहेर पर्व मनाउनुको त्यो उत्साह र उल्लास हुदैन जुन आफनो गाँउ र समाजमा हुन्छ ।
काठमाण्डौमा लुकेर बस्दै तथा आफुले मान्दै आएको बौद्ध धर्म संस्कृतिको रक्षागर्दे तिब्बती लामाहरु भगवान गौतम बुद्ध जन्मेको देशमा धार्मिक अभ्यास गर्नु अस्वभाविक होईन । गत साता मात्रै सम्पन्न ल्होसार पर्व पनि उनीहरु खुशी खुशी मनाए । उनको यस धार्मिक उत्सवमा अमेरिका, बेलायत अष्ट्रेलिया तथा स्वीस राजदूतहरुको उपस्थिति रहेको समाचार छ । चीनले पश्चिमेली देशहरु माथि तिब्बतमा अस्थिरता मचाउन चाहेको आरोप पनि लगाउँदै आएको छ । चीनको पटक पटकको आपतिको वावजुद उपरोक्त पश्चिमेली देशहरुले तिब्बतमा मानवअधिकारको उल्लंघन भईरहेकोले जनताको लोकतान्त्रिक अधिकारको पक्षमा आफूहरुले समर्थन गरिराखेको जवाफ दिदै आएको छ । लोकतन्त्र र मानवअधिकारको पक्षमा आबाज उठाउनु आफनो कर्तव्य भएको दावी पनि उपरोक्त देशहरुको रहदै आएको छ । नेपाली मूलका जनजातिहरु र तिब्तीहरु ल्होसारलाई ठुलो पर्वको रुपमा मनाउने गर्दछन । नेपालका उत्तरी क्षेत्रका वासिन्दा र तिब्बतका जनताबीच गहिरो सांस्कृतिक सम्बन्ध रही आएको छ । चीनले तिब्बत माथि कब्जा जमाउनु अघि सम्म यो एउटा स्वतन्त्र अस्तित्वको देश थियो । तिब्तका तत्कालिन राजा स्रङचङ गम्पो र नेपाली राजकुमारी भृकुटि बिच बिवाह पनि भएको थियो ।