२३ बर्ष अघि विमान हाइजैक गर्ने अपहरणकर्ताको पाकिस्तानमा गोली हानेर हत्या

274 Shares

नयाँ दिल्ली, २६ फागुन । विगत २३ बर्ष अघि नेपालको राजधानी काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हाइजैक गरेका अपहरणकर्ताको पाकिस्तानमा गोली हानी हत्या गरेको छ ।
सन् १९९९ मा काठमाडौंबाट दिल्लीका लागि उडेको आईसि–८१४ नम्वरको इन्डियन एयरलाइन्सको विमान अपहरणकर्ता मध्येको एक मिस्त्री जहुर इब्राहिमलाई पाकिस्तानको कराँचीमा गोली हानी हत्या गरिएको हो ।
जैश–ए–मोहम्मदको आतंकवादी धेरै वर्षदेखि “जाहिद अखुन्द” को गलत पहिचानमा बाँचिरहेका थिए । उनलाई मार्च १ मा कराँचीको अख्तर कालोनीमा अज्ञात बन्दुकधारीहरूले टाउकोमा दुई पटक गोली हानेको बताइएको छ । गोली प्रहारबाट निजको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी सुरक्षाअधिकारीलाई उद्धृत गर्दै संचारमाध्यमहरुमा खवर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार