रौतहट, २६ फागुन । स्थानीय तहको निर्वाचन हुन करिव दुई महिनाको समय बाँकी रहेको भएपनि रौतहटको स्थानीय तहहरु निमित्तकै भरमा संचालनमा रहेको पाइएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुको रकमी चलखेलको कारण उप सचिव स्तरको कर्मचारीको स्थानमा नायव सुब्बा, स्वास्थ्यकर्मी, प्राविधिक सहायक, लेखा फाँट तथा प्राविधिक कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिदा रौतहटको स्थानीय तह संचालनमा भद्रगोल अवस्था सृजना भएको पाइएको हो ।
रौतहट जिल्लामा १६ नगरपालिका र २ गाउँपालिका गरेर १८ वटा स्थानीय तह रहेको छ जसमध्ये इशनाथ नगरपालिकामा उप सचिवको दरबन्दीमा खिमबहादुर भुजेल कार्यरत भएपनि उनलाई अन्तै सरुवा गरेर शिक्षा शाखाको प्रमुख नन्दकिशोर गुप्तालाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि नगरपालिकामा खैलाबैला मच्यो ।
उक्त मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको कर्मचारीले रकमी चलखेल गरेर उप सचिवको दरबन्दी भएका पालिकाहरुमा नायव सुब्बा वा सो भन्दा तल तहका कर्मचारीलाई निमित्त प्रशासकीय प्रमुखको जिम्बेवारी दिने गर्दा स्थानीय तहमा वेथेतीको हद पार भएका छन् ।
रौतहट जिल्लामा १६ नगरपालिका र २ गाउँपालिका गरेर १८ वटा स्थानीय तह रहेको छ जसमध्ये इशनाथ नगरपालिकामा उप सचिवको दरबन्दीमा खिमबहादुर भुजेल कार्यरत भएपनि उनलाई अन्तै सरुवा गरेर शिक्षा शाखाको प्रमुख नन्दकिशोर गुप्तालाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि नगरपालिकामा खैलाबैला मच्यो ।
ईशनाथ नगरपालिका दुई महिना अघि सरुवा भएर पदभार ग्रहण गरेका उप सचिव भुजेललाई सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठका स्वकिय सचिव दिलिप पटेलले आर्थिक चलखेल गर्दै उनलाई हटाएको नगरपालिकाको मेयर सन्तोषकुमार मेहताले गम्भीर आरोप लगाए । भुजेललाई रौतहटको कटहरिया नगरपालिकामा पठाएर मन्त्रालयले उप सचिवको ठांउमा सुब्बालाई कार्यालय प्रमुख बनाएर पठाएपछि समस्या उत्पन्न भएको सो नगरपालिकाका प्रमुख मेहताले बताए ।
मन्त्रालयमा हुने आर्थिक चलखेलका कारण रौतहटका अधिकांस स्थानीय तहमा सुब्बा नै निमित्त भएर कामकाज गर्दै आएका छन् । ईशनाथ नगरपालिकाको उप सचिव भुजेलको सरुवा गरेर आफ्नो मान्छे गुप्तालाई निमित्त हाकिम बनाउनका लागि जसपाका नेताहरुनै लागेको नगरप्रमुख मेहताको भनाइ रहेको छ ।
शिक्षा शाखा प्रमुख रहेका गुप्ताले आफु हाकिम बन्नका लागि नगरपालिकाकी उप प्रमुख हुस्ने आरा र वडा अध्यक्ष इद मोहमदको नक्कली हस्ताक्षरको कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा बुझाएको भन्दै दुई दिन देखि नगरपालिकाको कार्यपालिका सदस्यहरु काठमाडौ स्थित मन्त्रालयमा गएर विरोध जनाएको बताइएको छ ।
नगर प्रमुखलाई जानकारी नै नदिई गुप्ताले कार्यपालिका बैठक बोलाएको नक्कली माइन्युट खडा गरेर मन्त्रालयमा बुझाएर ईशनाथ नगरपालिकाको निमित्त प्रमुखको पत्र दिएको थाहा पाएपछि दुई दिन देखि काठमाडौ रहेको नगर प्रमुख मेहताले भने ।
समान्य प्रशासन मन्त्री श्रेष्ठका स्वकिय सचिव पटेल रौतहटकै भएका कारण उनले आउदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै पालिकाहरुमा आफ्ना मान्छे पठाउने अभियानै चलाएको आरोप यतिखेर लागेका छन् ।
ईशनाथ नगरपालिकाकी उप प्रमुख हस्ने आराले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठकनै नबसेको र आफ्नो नक्कली हस्ताक्षर गरेर मन्त्रालयमा कागजात बुझाएको थाहा पाएर आफु पनि राजधानी पुगेको बताइन् । सो नगरपालिकामा राजनैतिक खिचातानी र मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण एक बर्षमा चार जना कार्यालय प्रमुख फेरिएको कार्यबाट नगरको अधिकाँश कामकाज प्रभावित भएको नगरश्रोतबाट बुझिएको छ ।
माथिको दवावका कारण आफुहरुले उप सचिव भुजेलको ठाउमा नायव सुब्बा गुप्तालाई निमित्त कार्यालय प्रमुखको पत्र दिएर पठाएको भन्दै मन्त्रालयका कर्मचारीले जवाफ दिएको नगर प्रमुख मेहताको भनाइ रहेको छ ।
यसैगरी राजपुरमा प्राविधिक सहायक, बौधीमाईमा अहेव, मौलापुरमा ओभरसियर, फतुवा विजयपुरमा अहेव, गुजरामा अहेव, देवाही गोनाहीमा नायवसुब्बा, गरुडामा नासु, यमुनामाईमा अहेव, राजदेवीमा अहेव, माधवनारायणमा स्वास्थ्यकर्मी र गौरमा सहितका अधिकाँश रौतहटको पालिकाहरु निमित्तकै संचालन भईरहदा नियम प्रक्रिया मिलान देखि लिएर कागजातहरुम निकै भद्रगोल रहेको स्थानीय तह श्रोतले दाबी गरेको छ । यस्ता भद्रगोल गराउनमा स्थानीय तहको मेयरहरु र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रमुख जिम्मेवार एवं दोषि रहेको ति श्रोतले बताए ।