पर्सा, २६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवाले आउन लागेको स्थानीय तह सहित प्रदेश र संघिय निर्वाचन सम्म गठबन्धले निरन्तरता पाउन सक्ने संकेत दिए ।
देश तरल अवस्थाबाट गुज्रिरहेको समयमा एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेकोले स्थानीय तहको निर्वाचनमा समेत मिलेर जान सक्ने संकेत प्रधानमन्त्री देउवाले दिए ।
नेपाली काँग्रेस पर्सा जिल्ला कार्यसमितिले वीरगञ्जमा आयोजना गरेको नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको सहयोगले आफू प्रधानमन्त्री भएको स्पष्ट पारे । आफू “गठबन्धनको सहयोगको कारण अहिले प्रधानमन्त्री भएको हुँ । त्यसैले आउँदो स्थानीय तहदेखि माथिल्लो तहसम्मको चुनावमा हामीहरु बीच छलफल हुन्छ, सँगै मिलेर चुनाव लड्न सक्छौँ, जस्तै संकेत उनले दिनुभएको छ ।
एमसीसीको विषयमा बोल्दै देउवाले यो कुनै ऋण नभएर विशुद्ध अनुदान भएको बताए । नेपाली काँग्रेसकै अग्रसरतामा पारित भएको एमसीसीले देशमा विकास र रोजगारको सृजना गर्ने छ । यसले देशलाई आत्मनिर्भर बनाउने कार्यमा आर्थीक विकासमा सघाउ पुग्ने छ । राष्ट्रिय आवश्यक्तालाई मध्यनजर गरेरै एमसिसी पारित भएको हो स्पष्ट पारे ।