मस्लिम समुदायको उत्थानको लागि आयोगको अध्यक्षद्धारा शिक्षामन्त्रीको ध्यानाकर्षण

   २६ फाल्गुन २०७८, बिहीबार १६:५८  

कपिलबस्तु, २६ फागुन । मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदाय हुने भेदभावको अन्त्य, मदर्शा मस्जिदको अवस्थामा सुधार सहितको विभिन्न विषयलाई लिएर लुम्बिनी प्रदेशको शिक्षा, युवा तथा खेलकुद मन्त्री संग मुस्लिम आयोगको पदाधिकारीहरु भेटघाँट गरेका छन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, आगोगका सदस्य मिर्जा अरशद वेग, महमदिन अली लगायतका मुस्लिम अगुवाहरु लुम्बिनी प्रदेशका मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरका हुन् ।
उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समान्वय कसरी गरेर अगाडि बढ्ने, मुस्लिम समुदायको शिक्षाको अवस्था लगायत बिषयमा शिक्षा मंत्री संग वृहत क्षलफल गरेर त्यस तर्फ ध्यानाकर्षण गराइएको श्रोतले बतायो ।
लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसीउद्दीन खाँले मुस्लिम आयोगका पदाधिकारीलाई आफनो कार्यकक्षमा स्वागत गर्दै आफूले मदरसाहरूमा बजेट छुट्याएको र मुस्लिम आयोगका पदाधिकारी हरूले ध्यानाकर्षण गराएको बिषयमा छलफल गरी आवश्यक सहयोग हर सम्भव प्रयास गर्ने समेत प्रतिबद्धता जनाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै