आईसीयूमा उपचाररत कोरोना संक्रमित शौचालय जान्छु भनेर मागे

बुटवल, १२ पुस । कोभिड अस्पताल बुटबलमा आईसीयूमा उपचार गराईरहेका विरामी अस्पतालबाट भागेको छ ।
कोभिड अस्पतालमा उपचारार्थ बुटवल १३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेको हो । आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पल सहित अस्पतालको कर्मचारीकै अगाडी उनी भागेर सम्पर्क विहीन भएका छन् ।
गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार गराइरहेका थिए । ‘अस्पतालबाट नजिकैको जंगल हुँदै भागेर तिलोत्तमाको जानकी नगरस्थित पौवा होटेलमा पुगेर जाडो भयो भन्दै कफी खाएका रहेछन्,’ अस्पतालका प्रवक्ता डा. गौतमले भने, ‘होटेलमा रहेका बेला अस्पतालले फोन सम्पर्क गर्दा रिसिभ भएको र उनको परिवारलाई पनि यो कुरा जानकारी गराइएको छ ।’
त्यस लगत्तै उनको मोबाइल स्वीच्ड अफ भएको प्रवक्ता गौतमले बताए । ती पुरुषले मानसिक रोगको औषधि समेत सेवन गर्दै आएको खुलेको अस्पतालका प्रवक्ता गौतमले बताए । उनले शनिबार साँझ नै आफूलाई ठीक भएको भन्दै घर जान दिन आग्रह गरेका थिए ।